
पोखरा । ए डिभिजन टोली जावलाखेल युथ क्लब २५ औं आहा! रारा पोखरा गोल्डप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । पोखरा रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा उज्वेकिस्तानको आभा एफसीलाई १–० ले पराजित गर्दै जाउलाखेलले उपाधि नजिक पुगेको हो। जावलाखेल १४ वर्षपछि आहा राराको फाइनलमा पुगेको हो।
निकै प्रतिस्पर्धात्मक बनेको खेलको ५२औँ मिनेटमा भएको आत्मघाती गोल नै निर्णायक बन्यो । धरबेन्दर कुँवरले लेफ्ट विङबाट डि–एरिया नजिकैबाट दिएको क्रस रोक्ने क्रममा आभाका डिफेन्डर कुशान गानिजानोभलाई लाग्दै बल गोलमा परिणत भएपछि जावलाखेलले अग्रता लियो । त्यहि गोलमा जावलाखेलले अन्तिम दुईको यात्रा गर्यो।
६५औँ मिनेटमा मामुरोतोभलाई फाउल गरेका युवराज ढकालले सिधै रातो पाएपछि जावलाखेल १० खेलाडीमा सिमित भयो। त्यसका बाबजुद जावलाखेलले अग्रता जोगाउँदै फाइनल स्थान सुरक्षित गर्यो । आभाका जोकोचन राखिमोभ प्लेयर अफ दि म्याच घोषित भए । जावलाखेल र आयोजक सहारा क्लबबीच शनिवार फाइनल हुनेछ। सहारा ९ वर्षपछि आहा राराको फाइनल खेल्दैछ।













समाचार
एटीएमबाट अब १०० रुपैयाँका नोट पनि निकाल्न पाइने, राष्ट्र बैंकले बैंकहरूलाई दियो निर्देशन
भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु एक अर्बभन्दा बढीको क्षति
कृष्णभीरको सडक सञ्चालनमा आएपछि ग्यास सहज हुन्छ : आयल निगम
सेयर बजारमा उच्च अंकको वृद्धि, कारोबार साढे ४ अर्ब माथि
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान