
काठमाडौं । नेपालको वायुमण्डलमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहँदा मुलुकका विभिन्न भागको मौसममा फेरबदल देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यतिबेला तराईका धेरैजसो भू-भागमा बाक्लो तुवाँलो लागेको छ भने कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बदलीको अवस्था छ।
बागमती र लुम्बिनी प्रदेशका उच्च भू-भागमा पनि आंशिक बादल लागेको देखिए पनि अन्य क्षेत्रमा भने मौसम सामान्यतया सफा नै रहेको छ। पहाडी र हिमाली क्षेत्रका केही सीमित स्थानमा अहिले हल्का वर्षा र हिमपात भइरहेको छ जसले गर्दा ती क्षेत्रमा चिसोको मात्रा बढेको महसुस गरिएको छ।
सोमबारको पूर्वानुमान अनुसार तराईका जिल्लाहरूमा बिहानको समयमा हुस्सु लाग्ने सम्भावना छ जसका कारण जनजीवन र यातायातमा केही प्रभाव पर्न सक्ने देखिएको छ। देशका हिमाली भू-भागमा दिनभरजसो बादल लाग्ने सङ्केत देखिए पनि तराई क्षेत्रमा भने दिउँसोतिर मौसम सफा रहने अनुमान गरिएको छ। विशेषगरी कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च हिमाली भेगका एक-दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना कायमै रहेकाले पर्वतारोहण र उच्च पहाडी यात्रामा निस्कनेहरूलाई सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।













समाचार
सानिमा रिलायन्स लाइफको नाफामा झिनो सुधार, जीवन बीमा कोष २५ अर्ब माथि
६० प्रतिशतले बढ्यो राष्ट्रिय वाणिज्य बैंकको नाफा, इपीएस सहित अन्य सूचक कस्ता ?
नेपाल लाइफको नाफा ४६ करोड माथि, जीवन बीमाकोष पौने ३ अर्ब नजिक
एलआईसी नेपालको नाफा साढे २८ प्रतिशत बढ्यो, यस्ता छन् अन्य सूचक
साढे ७ प्रतिशतले बढ्यो सर्वोत्तम सिमेन्टको नाफा, अन्य सूचक कस्ता ?
नागरिक लगानी कोषको खुद नाफामा सुधार, ईपीएस कति ?
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउको विरोधमा भत्सर्ना, अविलम्ब रिहाइ गर्न विभिन्न पत्रकार संङहरुको माग
प्रतिबन्धित रातो जङ्गली च्याउसहित एक जना पक्राउ
आयुर्वेद चिकित्सालयः नागरिकको भरोसा बढ्यो, सरकारको ध्यान बढेन
आज राष्ट्रियसभाको बैठक, पाँच संसदीय समितिको पनि बैठक बस्दै