
काठमाडौं । नेपालले टप इन्ड टी–२० सिरिजमा लगातार दोस्रो हार बेहोरेको छ । शनिबार सम्पन्न खेलमा बंगलादेश ‘ए’ सँग नेपाल ३२ रनले पराजित भएको हो ।
बंगलादेशले दिएको १८७ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभर ब्याटिङ गर्दै सात विकेट गुमाउँदै १५४ रन बनायो । पहिलो खेलमा नेपाल स्थानीय क्लब नर्दर्न टेरिटोरी स्ट्राइकरसँग ४२ रनले पराजित भएको थियो । नेपालका कुशल मल्लले अविजित रहँदै सर्वाधिक ५९ रन बनाए। ४७ बल खेलेका उनले ६ चौका र एक छक्का प्रहार गरे ।
आसिफ शेख २८, लोकेश बम १५, कुशल भुर्तेल १२ र कप्तान रोहितकुमार पौडेलले १० रन बनाए । नन्दन यादव १४ रनमा अविजित रहे । बंगलादेशका राकिब उल हसनले सर्वाधिक तीन विकेट लिए । हसन महमदले दुई तथा तुफ्याल अहमद र रिपोन मण्डलले समान एक विकेट लिए ।
फेसबुक प्रतिक्रिया













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह