काठमाडौं । सप्तरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रामजी यादव अग्रस्थानमा देखिएका छन्। जारी मतगणनाअनुसार उनले १,६९८ मत प्राप्त गरेका छन्।
उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले ९२२ मत पाएका छन् भने जनता समाजवादी पार्टी नेपालका उम्मेदवार उमेश कुमार यादवले ७७४ मत प्राप्त गरेका छन्।
हालसम्मको परिणाम अनुसार रास्वपाका रामजी यादव जनमत पार्टीका अध्यक्ष सीके राउतभन्दा करिब दोब्बर मतले अघि देखिएका छन्। मतगणना प्रक्रिया भने अझै जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ।