
काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीको चैत ३ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले चैत २७ गते शुक्रबार काभ्रेपलाञ्चोकको बनेपा–७ स्थित होटेल उग्रचण्डीको सभाहलमा बिहान ११ बजे बाह्रौं वार्षिक साधारणसभा आह्वान गरेको हो ।
उक्त साधारणसभाले कम्पनीको हाल संस्थापक सेयर समूह र सर्वसाधारण समूहको सेयर क्रमशः ६१.११ र ३८.८९ रहेकोमा साविक सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक सेयर मात्र संस्थाको कूल चुक्ता पुँजीको ८.६५ प्रतिशतले सर्वसाधारण सेयरमा परिवर्तन गरी संस्थापक सेयरधनीको तर्फबाट ५३.७२ प्रतिशत र सर्वसाधारण समुहको तर्फबाट ४६.२८ प्रतिशत सेयर स्वामित्व हुने गरी पुँजी संरचना परिवर्तन गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी यस वित्तीय संस्था अन्य लघुवित्त वित्तीय संस्थासँग गाभ्ने/गाभिने कार्य सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र उपरोक्त विशेष प्रस्तावहरूका सम्बन्धमा नियमनकारी निकायहरूबाट स्वीकृति लिने, अभिलेख गर्ने क्रममा कुनै विषयमा संशोधन एवं परिवर्तन गर्न निर्देशन भएमा सो समेत मिलाई कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन एवं परिवर्तन गर्ने लगायत अन्य सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्नेछ ।
त्यसैगरी सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ असार मसान्तसम्मको वासलात तथा आर्थिक वर्ष २०८१/०८२ को नाफा / नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका विवरण तथा अनुसूचीहरू छलफल गरी पारित गर्नेछ ।
त्यस्तै कम्पनी ऐन, २०६३ को दफा १११ तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ अनुसार आर्थिक वर्ष २०८२÷०८३ को लेखापरीक्षण गर्न लेखापरीक्षण समितिबाट सिफारिस भए बमोजिम लेखा परीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने र स्वतन्त्र सञ्चालक नियुक्तिका सम्बन्धमा सञ्चालक समितिको निर्णय अनुमोदन गर्नेछ।
साधारणसभा प्रयोजनका लागि चैत १८ गते १ दिन कम्पनीले बूक क्लोज गर्ने निर्णय समेत गरेको छ ।













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि