
काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको आयोजनामा ‘ग्लोबल मनी वीक–२०२६’ को अवसरमा चैत ६ गते शनिबार बर्दिबास शाखा कार्यालयद्वारा आयोजित वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रममा शाखा कार्यालयका सदस्यहरू, स्थानीय युवा–युवतीहरू तथा सरोकारवाला व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको सभापतित्व सगरमाथा नेरुडे मिर्मिरे महिला समूह केन्द्र नं. १६४ की सदस्य रमा कुमारी बिष्टले गरेकी थिइन्।
कार्यक्रममा संस्थाका मधेश प्रदेश प्रमुख, ढल्केवर क्लस्टर प्रमुख, हरिवन क्लस्टर प्रमुख तथा बर्दिबास, इमलीचोक, ढल्केवर, भंगहा, हरिवन, स्कूलचोक र खयरमारा शाखा कार्यालयका प्रमुखहरू सहित कर्मचारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमअन्तर्गत सहभागीहरूले वित्तीय सचेतना सम्बन्धी सन्देश अंकित प्लेकार्ड सहित बर्दिबास बजार क्षेत्रमा प्रभातफेरी (र्याली) आयोजना गरी आम नागरिकमा वित्तीय अनुशासन, बचतको महत्त्व, जिम्मेवार कर्जा प्रयोग तथा ठगीबाट सचेत रहनु पर्ने सन्देश प्रवाह गरेका थिए।
यसैगरी बर्दिबास नगरपालिका–३ स्थित रारा प्राविधिक शिक्षालयको सभाहलमा यस सम्बन्धी औपचारिक कार्यक्रम सम्पन्न गरिएको थियो। कार्यक्रममा वित्तीय साक्षरता सम्बन्धी विविध विषयहरूमा अन्तरक्रिया, छलफल तथा अनुभव आदानप्रदान गरिएको थियो। सहभागीहरूको सक्रिय सहभागितालाई प्रोत्साहन गर्न क्विज प्रतियोगिता समेत आयोजना गरिएको थियो जसमा सही उत्तर दिने सहभागीहरूलाई संस्थाको तर्फबाट आकर्षक उपहार प्रदान गरिएको थियो।
संस्थाका प्रतिनिधिहरूले वित्तीय साक्षरताले व्यक्तिको आर्थिक सुदृढीकरण, बचत संस्कृतिको विकास तथा दीगो आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्। साथै कम्पनीले यस्ता कार्यक्रमहरूलाई आगामी दिनहरूमा पनि निरन्तरता दिने बताएको छ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम