
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले आफ्नो पार्टीले पाएको मतादेशको गुन जिम्मेवारी पूरा गरेर तिर्ने बताएका छन्।
प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै आफ्नो पार्टीले पाएको मतादेशमा जनताको आशा र आक्रोश दुवै भएको बताए।
उनले भने, ‘हामीले पाएको मत समर्थनको मात्रै होइन, परिवर्तनको मत हो। हामीलाई जनताले दिएको म्यान्डेट सिंहदरबार चलाउन होइन, सिंहदरबार बदल्न हो। म गर्वको साथ भन्न सक्छु हामीले बदल्न सुरु गरिसकेका छौँ।’
उनले रास्वपाका हरेक सांसदहरूले अब बोल्ने नभई कामले देखाउनुपर्ने बताए। उनले रास्वपा नेतृत्व सरकारले गरेको काम बोल्ने बताए।
उनले थपे, ‘हामी दिन गनेर होइन, सेकेन्ड गनेर काम गर्न चाहन्छौँ। र गर्न सुरु गरिसकेका छौँ। अब कर्मचारीतन्त्रदेखि सिङ्गो देशले सरकारको रफ्तारसँग गति मिलाउनुको विकल्प छैन।’
फेसबुक प्रतिक्रिया













समाचार
पोखरामा श्रीलंकाली अलराउन्डर लक्षण
कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण
आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम
ढिलो होला तर गलत हुँदैन, नआत्तिनुहोस्: प्रधानमन्त्री बालेन्द्र शाह
एभरेष्टट करलको सेयर मूल्यमा २७ प्रतिशतको वृद्धि
लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
सातामा करिब साढे १ प्रतिशत घट्यो नेप्से, औषत कारोबार ४ अर्ब २९ करोड
झापामा राष्ट्रिय परिचयपत्रमार्फत नयाँ मतदाता थप
सुनको मूल्य एक हप्तामै १२ हजार ९०० रुपैयाँले बढ्यो, तोलाको कतिमा भइरहेको छ कारोबार ?
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना