
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले हिमालयन रिइन्स्योरेन्सको शेयरधनी दिपक भट्टले नेपाल रिइन्स्योरेन्सको शेयर खरिद गर्न नेपाल लाइफ इन्स्योरेन्सको सहायक कम्पनीबाट ३७ करोड रूपैयाँ दुरूपयोग गरेको समाचारको खण्डन गरेको छ।
कम्पनीले बिहीबार विज्ञप्ती जारी गर्दै भनेको छ, दिपक भट्ट वा धितोपत्र दलाल नं. ५५ सँग यस विषयमा नेपाल लाइफको कुनै संलग्नता नभएको र कारोबार समेत नगरेको सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध गर्दछौं ।
केही दिन अगाडि हिमालयन रिइन्स्योरेन्स कम्पनी लि. का आधारभूत शेयरधनी दिपक भट्ट (नागरिकता नं. १०७ कैलाली) ले दोस्रो बजारबाट नेपाल रिइन्स्योरेन्स कम्पनी लि. लगायतका शेयर खरिद गर्न नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि. का सहायक कम्पनीबाट ३७ करोड दुरुपयोग गरी धितोपत्र दलाल नं. ५५ भृकुटी स्टक ब्रोकर कम्पनी प्रा. लि. मार्फत खरिद गर्दा भुक्तानी गरेको भन्ने समाचार प्रकाशन भएको भन्दै कम्पनीले खण्डन गरेको हो।
कम्पनीले विज्ञप्तीमा लेखेको छ, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सधैं प्रचलित कानून, नियामक निकायका मापदण्ड तथा संस्थागत सुशासनका सिद्धान्तहरूको पूर्ण पालना गर्दै आफ्नो व्यवसाय सञ्चालन गर्दै आएको व्यहोरा हाम्रा सम्पूर्ण सरोकारवालाहरुमा विनम्रतापूर्वक जानकारी गराउन चाहन्छौं ।














समाचार
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज
उपत्यका छाड्ने यात्रुको चाप उच्च
जयन्ती मावि आवासीयमा रुपान्तरण
विश्वकप क्रिकेट लिग–२ : ओमानको सामना गर्दै नेपाल
अवरुद्ध गलकोट–ताराखोला सडक सञ्चालन
संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान
‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ?
पोखरा-भरतपुर-लुम्बिनीबिच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
आजसम्म कायम सेयरधनी गुराँस लघुवित्तको लाभांश पाउने
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पुजा गरिँदै