काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासनको लागि बिक्री प्रबन्धक नियुक्ति गरेको हो ।
कम्पनीले हाल कायम चुक्तापूँजीको १ः५६.६२१२७९ अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको छ । जसमा लागि एनआईसी एशिया क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको हो ।
कम्पनीको पुस २९ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद निष्कासनको प्रस्तावलाई अनुमोदन गरेको थियो ।