
काठमाडौं । चैत २२ गते हुने प्रतिनिधि सभाका सभामुख पदको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुने भएको छ । सङ्घीय संसद् सचिवालयले निर्वाचन तालिका प्रकाशित गर्दै आज उम्मेदवारी दर्ता गरिने जानकारी दिएको हो ।
तालिका अनुसार आज बिहान ११ बजेदेखि २ बजेसम्म उम्मेदवारी दर्ता गरिनेछ भने २ः३० बजे सूचनाको दर्ता क्रमअनुसार सूची प्रकाशित गरिने छ। चैत २२ गते बिहान ११ बजे प्रतिनिधिसभा बैठकमा सभामुख पदको निर्वाचन हुने जनाइएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभापति डीपी अर्याललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा सभापति रवि लामिछानेले अर्याललाई सभामुख बनाउने प्रस्ताव गरेका थिए । लगत्तै बैठकले सर्वसम्मत अनुमोदन गरेको थियो । प्रतिनिधिसभामा रास्वपाको बहुमत भएकाले अर्याल सभामुख बन्ने निश्चित छ ।
फेसबुक प्रतिक्रिया













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना