
काठमाडौं । आजको आइपिएलको पहिलो खेलमा लखनउ सुपर जाइन्ट्स ले सनराइजर्स हैदराबाद लाई ५ विकेटले हराएको छ। हैदराबादको मैदानमा भएको यो खेलमा पहिले ब्याटिङ गर्दै हैदराबादले २० ओभरमा १५६ रन बनाएको थियो।
सुरुमा विकेट झरे पनि हेनरिक क्लासेन (६२ रन) र नितिश कुमार रेड्डी (५६ रन) ले राम्रो खेलेर टोलीलाई सम्हालेका थिए। लखनउका बलर मोहम्मद शामीले राम्रो बलिङ गर्दै ४ ओभरमा जम्मा ९ रन दिएर २ विकेट लिए, जसका कारण उनले ‘प्लेयर अफ द म्याच’ को अवार्ड पाए।
१५७ रनको लक्ष्य पछ्याएको लखनउले अन्तिम ओभरको पाँचौँ बलमा जित हात पार्यो। लखनउका लागि कप्तान ऋषभ पन्तले ५० बलमा ६८ रन बनाएर नटआउट रहे भने एडन मार्क्रमले ४५ रन जोडे। हैदराबादका हर्ष दुबेले २ विकेट लिए पनि आफ्नो टोलीलाई जिताउन सकेनन्। यो जितसँगै लखनउले सिजनको पहिलो जित निकालेको छ भने हैदराबादले आफ्नै घरमा हार बेहोर्नु परेको छ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम