
काठमाडौं । नेपाल राष्ट्र बैंकले सूचना प्रविधि तथा सञ्चार क्षेत्रका उद्योगहरूका लागि विदेशी मुद्रा सटही सुविधामा नयाँ व्यवस्था गरेको छ । विदेशी विनिमय कारोबार गर्ने सम्बन्धमा केन्द्रीय बैंकबाट जारी गरिएकोे एकीकृत परिपत्र–२०८२ सार्वजनिक गर्दै सफ्टवेयर खरिद तथा अनलाइन सेवाका लागि डलर कार्डको सीमा र सुविधालाई व्यवस्थित बनाएको हो ।
नयाँ व्यवस्था अनुसार सूचना प्रविधि, सञ्चार प्रविधि तथा सूचना प्रसारणमा आधारित उद्योगहरूले अनलाइनमार्फत सेवा खरिद गर्न वार्षिक ३ हजार अमेरिकी डलर वा सो बराबरको परिवत्र्य विदेशी मुद्राको प्रिपेड कार्ड प्राप्त गर्न सक्नेछन् ।
विदेशी मुलुकमा सेवा निर्यात गरी विदेशी मुद्रा आर्जन गर्ने उद्योगहरूको हकमा भने राष्ट्र बैंकले थप लचिलो नीति लिएको छ । त्यस्ता उद्योगले आर्जन गरेको रकमको आधारमा वार्षिक सीमामा थप गरी अधिकतम ५ हजार अमेरिकी डलर सम्मको सटही सुविधा पाउनेछन् । यो रकमबाट अनलाइनबाट सफ्टवेयर खरिद, क्लाउड स्टोरेज, सर्भर होस्टिङ सेवाको लागि भुक्तानी गर्न सक्नेछन् । यस्तो प्रयोजनका लागि छुट्टै प्रिपेड कार्ड जारी गर्न सक्नेछन् ।
यसअघि डलर कार्डको सीमा न्यून हुँदा नेपाली आईटी कम्पनीहरूलाई अन्तर्राष्ट्रिय प्लेटफर्ममा भुक्तानी गर्न समस्या पर्दै आएको थियो । राष्ट्र बैंकको यो पछिल्लो कदमले विशेषगरी साना तथा मझौला प्रविधि उद्योग र सफ्टवेयर विकासकर्ताहरूलाई राहत पुग्ने विश्वास गरिएको छ ।













समाचार
यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य
फुलहमलाई पराजित गर्दै चेल्सीको विजयी सुरुवात
प्रभु महालक्ष्मी लाइफको साढे ४ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा
बेनी हाइड्रोपावर प्रोजेक्टले भदौ २२ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने
गत आर्थिक वर्षमा म्याग्दीका पाँच सय घरमा खानेपानीको पहुँच
उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु
भोजपुरमा कोदो खेती घट्दै
इरानमाथि अमेरिकी नयाँ प्रतिबन्ध, पाँच मुख्य सम्पत्तिमा नजर
१८औँ संस्करणको ‘नाडा अटो शो’ आजदेखि सुरु हुँदै, उपराष्ट्रपतिले उद्घाटन गर्ने
धार्मिक पर्यटकीय गन्तव्य बन्दै राक्सिराङको सीता अशोक बाटिका