
काठमाडौैं । सेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ । सोमबार सेयर बजार परिसूचक १३.१७ अंकले घटेको हो ।
आजको कारोबार बन्द हुन्दा नेप्से परिसूचक २८२५.२३ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १९७ कम्पनीको सेयर मूल्य घटेको छ भने ६५ कम्पनीको सेयर मूल्य बढेको छ । आज ६ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ३.२१ अंकले घटेर ४७३.७१ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ वटा उपसूचकमध्ये १२ वटाको सेयर मूल्य घटेको छ भने एउटाको मात्रै बढेको छ । परिसूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो कारोबार दिन ७ अर्ब ४६ करोड माथिको कारोबार भएको बजारमा आज भने साढे ५ अर्ब भन्दा कमको कारोबार भएको छ ।
आज सेयर बजारमा ३४९ कम्पनीका १ करोड १६ लाख ५३ हजार ३७० कित्ता सेयर १ लाख १६ हजार ३१० पटक खरिद बिक्री हुँदा ५ अर्ब ४३ करोड ४२ लाख ४० हजार २७६ रुपैयाँको कारोबार भएको छ । सेयर बजार घटेको दिन चार कम्पनीका भने सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।













समाचार
सुपर मादी हाईड्रोपावरको नाफामा २७७ प्रतिशतको वृद्धि, ईपीएस सहित अन्य सूचक कस्ता ?
सरकारले विद्युत् महसुल समयानुकूल बनाउन पुनरवलोकन प्रक्रिया अघि बढायो
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला पूर्ण क्षमतामा सञ्चालन
भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य
लक्ष्मी सनराइज बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने
भगवती हाइड्रोपावरको करिब ५८ लाख कित्ता सेयरको लकइन अवधि सकिंदै
सन नेपालको बोनस र हकप्रद सेयरमध्येको ३ लाख ७७ हजार कित्ता सेयरको लकइन अवधि सकिदै
प्रतिनिधिसभाको बैठक बस्दै, के के छन् कार्यसूची
गैरआवासीय नेपालीलाई दोस्रो बजारमा सहभागी गराउने तयारी, धितोपत्र बोर्ड–एनआरएनबीच छलफल