
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमाससम्मको अवधिमा निर्जीवन बीमा कम्पनीहरुले साढे ३६ अर्बमाथिको ब्यवसाय गरेका छन् । सञ्चालन रहेका १४ निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ९ महिनासम्मको अवधिमा ३६ अर्ब ५८ करोड २० लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेका हुन् ।
निर्जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १३.८६ प्रतिशतले बृद्धि भएको छ । कम्पनीहरुले गत आर्थिक वर्षको ९ मसान्तसम्मको अवधिमा ३२ अर्ब १२ करोड ९९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेक थिए । समीक्षा अवधिमा शिखर र सगरमाथा लुम्बिनी इन्स्योरेन्सले सर्वाधिक बीमा शुल्क आर्जन गरेका छन् भने बृद्धिदरमा हिमालयन एभरेष्ट र एनएलजी इन्स्योरेन्स अघि रहेका छन् ।
चैत मसान्तसम्ममा शिखर इन्स्योरेन्सले सर्वाधिक ४ अर्ब ८० करोड १२ लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गरेको छ । कम्पनीको व्यवसाय गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १०.४८ प्रतिशतले बृद्धि भएको छ । त्यस्तै सगरमाथा लुम्बिनी इन्स्योरेन्सको बीमा ब्यवसाय २.४९ प्रतिशतले बढेर ३ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । त्यस्तै यो अवधिमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३४.३७ प्रतिशतले बढेर ३ अर्ब ७४ करोड रुपैयाँ पुगेको प्राधिकरणको तथ्याङमा उल्लेख गरेको छ ।
त्यस्तै सिद्धार्थ प्रिमियरको ०.४९ प्रतिशतले बढेर ३ अर्ब १२ करोड, आईजिआई प्रुडेन्सियल इन्स्योरेन्सको १३.४७ प्रतिशतले बढेर ३ अर्ब १० करोड, एनएलजि इन्स्योरेन्सको ४१.०४ प्रतिशतले बढेर ३ अर्ब १ करोड, नेको इन्स्योरेन्सको १०.४१ प्रतिशतले बढेर २ अर्ब ७२ करोड र युनाइटेड अजोडको ३८.२६ प्रतिशतले बढेर २ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ ।
समिक्षा अवधिमा द ओरियन्टलको १२.६३ प्रतिशतले बढेर २ अर्ब ४२ करोड, सानिमा जिआईसीको ८.३३ प्रतिशतले बढेर २ अर्ब ८ करोड, नेपाल इन्स्योरेन्सको ७ प्रतिशतले बढेर १ अर्ब ६६ करोड, प्रभु इन्स्योरेन्सको ४.४८ प्रतिशतले बढेर १ अर्ब ३६ करोड, राष्ट्रिय बीमा कम्पनीको १.५१ प्रतिशतले बढेर १ अर्ब १४ करोड र नेशनल इन्स्योरेन्सको ११.५७ प्रतिशतले बढेर ९८ करोड रुपैयाँ कुल बीमा शुल्क पुगेको छ ।












समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि