
काठमाडौं । सरकारले नदी किनारमा अवैध रूपमा बसोबास गर्दै आएका सुकुम्वासीलाई दुई दिनभित्र हटाउने र उनीहरूको दीर्घकालीन व्यवस्थापन गर्ने तयारी गरेको छ। तत्कालका लागि उनीहरूलाई अस्थायी आवासको व्यवस्था गरिने र त्यसपछि वास्तविक सुकुम्वासीको पहिचान गरी उपयुक्त बसोबासको प्रबन्ध मिलाइने योजना छ।
यसै योजनाअनुसार आज जिल्ला प्रशासन कार्यालयले ६ बुँदे सूचना जारी गर्दै साँझ ७ बजेसम्म सबै अवैध घरटहरा खाली गर्न निर्देशन दिएको छ।
यस्ता घर टहरामा भएका आफ्ना निजी सरसामान, लत्ताकपडा, घरपालुवा पशुपंक्षी सुरक्षित स्थानमा तत्काल सार्न सूचनामा भनिएको छ। घरटहरामा बसोबास गर्ने अपांग, बालबालिका, गर्भवती, सुत्केरी, वृद्धवृद्धा एवं बिरामी व्यक्तिहरुलाई प्राथमिकता दिएर अन्यत्र सार्न आग्रह गरिएको छ । यस कार्यका लागि पनि काठमाडौं महानगरीय प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको मद्दत लिन सुझाव दिइएको छ । सूचनाअनुसार भोली बिहान ६ बजेदेखि घर–टहराहरु भत्काउने र अतिक्रमित जग्गा पूर्णरुपमा खाली गर्न थालिने छ ।













समाचार
सानिमा रिलायन्स लाइफको नाफामा झिनो सुधार, जीवन बीमा कोष २५ अर्ब माथि
६० प्रतिशतले बढ्यो राष्ट्रिय वाणिज्य बैंकको नाफा, इपीएस सहित अन्य सूचक कस्ता ?
नेपाल लाइफको नाफा ४६ करोड माथि, जीवन बीमाकोष पौने ३ अर्ब नजिक
एलआईसी नेपालको नाफा साढे २८ प्रतिशत बढ्यो, यस्ता छन् अन्य सूचक
साढे ७ प्रतिशतले बढ्यो सर्वोत्तम सिमेन्टको नाफा, अन्य सूचक कस्ता ?
नागरिक लगानी कोषको खुद नाफामा सुधार, ईपीएस कति ?
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउको विरोधमा भत्सर्ना, अविलम्ब रिहाइ गर्न विभिन्न पत्रकार संङहरुको माग
प्रतिबन्धित रातो जङ्गली च्याउसहित एक जना पक्राउ
आयुर्वेद चिकित्सालयः नागरिकको भरोसा बढ्यो, सरकारको ध्यान बढेन
आज राष्ट्रियसभाको बैठक, पाँच संसदीय समितिको पनि बैठक बस्दै