खुद ब्याज आम्दानी बढेपछि सापला विकास बैंकको नोक्सानीमा सुधार

काठमाडौं । सालपा विकास बैंक लिमिटेको नोक्सानीमा सुधार देखिएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नोक्सनीमा केही सुधार देखिएको हो ।

चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा बैंक ३१ लाख ८९ हजार रुपैयाँ नोक्सानीमा रहेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिसम्ममा ३५ लाख ८४ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको थियो । ब्याज आम्दानी सामान्य बढेसँगै बैंकको खुद नोक्सानी घट्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.७७ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ४.४७ प्रतिशत बढेको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ७.७० प्रतिशत बढेको छ । समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा ६.९२ प्रतिशतबाट घटेर ३.३५ प्रतिशतमा झरेको छ । जसका कारण बैंकको इम्पेरमेन्ट चार्ज १ करोड ६६ लाख रुपैयाँबाट घटेर ९७ लाख ९८ हजार रुपैयाँमा सीमित भएको छ । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ करोड ६५ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

गत चैत मसान्तसम्ममा बैंकको प्रतिसेयर आम्दानी ८१ पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ १०३ रुपैयाँ ७५ पैसा रहेको छ । ५२ करोड २३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १ करोड ९५ लाख रुपैयाँ सञ्चित छ। चैत मसान्तसम्ममा बैंकले १ अर्ब ४९ करोड निक्षेप संकलन गरी १ अर्ब १९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार