
काठमाडौं । बिहीबार पनि सेयर बजार घटेर बन्द भएको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको बजार आज भने एकल अंकले घटेर बन्द भएको हो ।
आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक ८.५० अंकले घटेर २६५१.५२ विन्दुमा पुगेको हो । आज सेयर बजारमा १७२ कम्पनीको सेयर मूल्य घटेको छ भने ८३ कम्पनीको सेयर मूल्य बढेको छ । आज १९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आज सेन्सेटिभ इन्डेक्स पनि ०.६४ अंकले घटेर ४५८.२३ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये १२ वटाको सेयर मूल्य घटेको छ भने एउटाको मात्रै बढेको छ । परिसूचक घटेको दिन बजारमा ३ अर्ब भन्दा पनि कमको कारोबार भएको छ ।
आज सेयर बजारमा ३३८ कम्पनीका ६४ लाख ८० हजार ५९९ कत्ता सेयर ४६ हजार ७५१ पटक खरिद बिक्री हुँदा २ अर्ब ८३ करोड ८२ लाख ७९ हजार ४११ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा २ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।













समाचार
दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
कर्णाली प्रदेश सभाका सांसद शर्मा पदमुक्त
नारायणीको जलसतह साढे चार मिटर घट्यो
टिमुरेको टेलिफोन टावरमा सोलार जडान, डिजेल ढुवानीको बाध्यता हट्यो
विद्युत आपूर्तिलाई व्यवस्थित एवम् सन्तुलित बनाउने कार्यमा अगाडि बढेको छ : प्राधिकरण
विद्युत महसुलमा लगाइएको भ्याटले लागत बढ्यो, फिर्ता लिन सरकारलाई महासंघको आग्रह
चार महिनापछि सुकेटार विमानस्थलमा उडान सुरु, ताप्लेजुङवासीमा खुसी
हर्मुज खोल्ने इरानी प्रस्ताव अस्वीकार
१५२ देशसँग वैदेशिक व्यापार: ३१ मुलुकसँग मात्रै नाफा
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५३ जनाको शव फेला