
काठमाडौं । नबिल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार बैंकको नाफासहित अधिकांश सूचकमा लोभलाग्दो सुधार देखिएको हो ।
चालु आर्थिक वर्षको ९ महिनामा बैंकको नाफा ६ अर्ब ७६ करोड ४६ लाख ४६ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको नाफा ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ रहेको थियो । बैंकको खुद ब्याज आम्दानी समिक्षा अवधिमा ३.३६ प्रतिशतले बढेर १२ अर्ब ४५ करोड ९४ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैकको उक्त आम्दानी १२ अर्ब ५ करोड ४४ लाख रुपैयाँ रहेको थियो ।
तेस्रो त्रैमाससम्मको अवधिमा बैंकको सञ्चालन नाफा ७ अर्ब ६२ करोड रुपैयाँबा बढेर ९ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा बैंकको चुक्तापूँजी २७ अर्ब ५ करोडबाट बढेर ३२ अर्ब ५ करोड पुगेको छ भने जगेडा कोष ३१ अर्ब ६२ करोडबाट बढेर ३४ अर्ब ४० करोड रुपैयाँ पुगेको हो ।
यता, बैंकको वितरणयोग्य नाफा समेत २ अर्ब ८७ करोड रुपैयाँबाट बढेर ४ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ । बैंकको खराब कर्जा ४.९६ प्रतिशत बाट घटेर ३.३७ प्रतिशतमा सीमित बनेको छ । चैत मसान्तसम्मको अवधिमा बैंकको प्रतिसेयर आम्दानी ३३.०२ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ २४३.३० रुपैयाँ पुगेको छ ।












समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना