
काठमाडौं । झण्डै दुई तिहाई नजिक रहेको बालेन्द्र शाह नेतृत्वको सरकारले संसदीय अभ्यासलाई छलेर अध्यादेश ल्याउने तयारी गरेको छ । शाह नेतृत्वको सरकारले बुधबार तीन वटा अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ । राष्ट्रपति कार्यालय स्रोतका अनुसार जारी गर्न लागि पठाइएका थप तीनवटा अध्यादेशमा ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश,विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश र स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी अध्योदश ’ रहेका छन् ।
सोमबार संवैधानिक परिषदको काम कर्तव्य र अधिकार सम्बन्धी ऐन, २०६६ र सहकारी ऐन, २०७४ लाई संशोधन गर्ने दुई वटा अध्यादेशहरु राष्ट्रपति समक्ष सिफारिस गरिएको हो । सोमबार र बुधबार गरी पाँच वटा अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गरिएको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दियो । राष्ट्रपति कार्यालयलाई प्राप्त अध्यादेश अध्ययनको क्रममा रहेको बताइएको छ । सरकारले अध्यादेश जारी गर्ने भएसँगै यसको विपक्षी दल लगायतले विरोध गरेका छन् ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदको अधिवेशन आह्वान गरे लगत्तै स्थगन गरी यसरी अध्यादेश ल्याउनु घोर असंसदीय र अलोकतान्त्रिक कदम भएकोले हामी घोर विरोध, भत्सर्ना र निन्दा गरेको बताएको छ । कांग्रेसले उपरोक्त अध्यादेशहरु अविलम्ब फिर्ता गर्न नेपाल सरकारसँग जोडदार माग गरेको छ । सम्माननीय राष्ट्रपति समक्ष सिफारिस भई गएका अध्यादेशहरु संसद छल्ने उद्देश्यका साथ सिफारिस भई आएका हुनाले स्विकृत नगर्न सम्माननीय राष्ट्रपति समक्ष हार्दिक अनुरोध गर्दछौं र स्थगन गरिएको संघीय संसदको अधिवेशन अविलम्ब आव्हान गर्न जोडदार माग गर्दछौं कांग्रेसले भनेको छ । कांग्रेसको उक्त मागमा एमाले संसदीय दलका नेता रामबहादुर थापा ’बादल’, नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता युवराज दुलालर राष्ट्रिय प्रजातन्त्र पाटीका सरस्वती लामाले समेत ऐक्यवद्धता जनाएका छन् ।
करिब दुई तिहाई नजिक रहेको सरकारले संसदीय अभ्यास छलेर अध्यादेश ल्याउन खोजे पछि चौतर्फी विरोध भएको छ । बलियो सरकारले अध्यादेशबाट मुलुक चलाउन खोज्नु संसदीय अभ्यासको अपमान भएको कानुनविद्हरु बताउछन् । संसद बैठक आह्वान गर्ने र स्थगित पनि गर्ने सरकारको रवायै ठीक नभएको अवस्थामा संसद छलेर अध्यादेश ल्याउन गलत कदम भएको कानुनविद्हरुको भनाई छ ।













समाचार
हतुवागढी खैराङमा अदुवा खेती विस्तार
चिनाकोट दरबार क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण
भोटेकोशी बाढीः ‘मेरो गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस् !’
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची सार्वजनिक
देशभर मनसुनी वायुको प्रभाव कायमै, ५ प्रदेशमा भारी वर्षाको सम्भावना
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
रास्वपा ओखलढुंगाका सांसद पोखरेलको स्वकीय सचिवमा पत्रकार थापामगर नियुक्त
चिलिमे जलविद्युत् आयोजनामा नेपाली सेनाको खोज तथा उद्धार तीव्र
५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज