
काठमाडौं । किष्ट मेडिकल कलेज शिक्षण अस्पतालअन्तर्गतको किष्ट किड्नी ट्रान्सप्लान्ट सेन्टर ललितपुरले २०० वटा मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको छ। निजी क्षेत्रका अस्पतालहरूमध्ये यो उपलब्धि उच्च मानिएको छ।
सेन्टरले अन्तर्राष्ट्रिय स्तरसँग तुलना गर्न मिल्ने सफलता दर कायम गर्दै नेपालकै अग्रणी मिर्गौला प्रत्यारोपण केन्द्रका रूपमा पहिचान बनाएको अस्पतालको दाबी छ। स्थापनादेखि नै आधुनिक प्रविधि र गुणस्तरीय उपचारमा जोड दिँदै आएको सेन्टरले अनुभवी चिकित्सक र प्राविधिक टोलीको सहयोगमा राम्रो नतिजा हासिल गरेको जनाएको छ।
सेन्टरमा जीवित दाताबाट मिर्गौला प्रत्यारोपण गरिँदै आएको छ। दाताको स्वास्थ्य सुनिश्चित गर्न विस्तृत परीक्षण गरिनुका साथै शल्यक्रियापछि पनि नियमित निगरानी गरिने अस्पतालले जनाएको छ। त्यसैगरी, ‘पेयर्ड एक्सचेन्ज’ प्रणालीमार्फत दाता नमिलेका बिरामीहरूलाई पनि प्रत्यारोपणको अवसर दिइँदै आएको छ। यस विधिमा दुई बिरामी–दाता समूहबीच आपसी मिलान गरी मिर्गौला साटासाट गरेर प्रत्यारोपण गरिन्छ।
लेप्रोस्कोपिक प्रविधिबाट गरिने शल्यक्रियाले दातालाई कम पीडा, कम रक्तस्राव र छिटो निको हुने सुविधा दिएको छ। सेन्टरले गुणस्तरीय, सुरक्षित र पहुँचयोग्य सेवा प्रदान गर्ने प्रतिबद्धता दोहोर्याउँदै आगामी दिनमा अझ धेरै बिरामीलाई सेवा दिने लक्ष्य लिएको जनाएको छ।













समाचार
पोखरामा श्रीलंकाली अलराउन्डर लक्षण
कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण
आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम
ढिलो होला तर गलत हुँदैन, नआत्तिनुहोस्: प्रधानमन्त्री बालेन्द्र शाह
एभरेष्टट करलको सेयर मूल्यमा २७ प्रतिशतको वृद्धि
लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
सातामा करिब साढे १ प्रतिशत घट्यो नेप्से, औषत कारोबार ४ अर्ब २९ करोड
झापामा राष्ट्रिय परिचयपत्रमार्फत नयाँ मतदाता थप
सुनको मूल्य एक हप्तामै १२ हजार ९०० रुपैयाँले बढ्यो, तोलाको कतिमा भइरहेको छ कारोबार ?
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना