
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकहरूलाई उपभोक्ता सेवा गुणस्तर सुधार गर्न कडा निर्देशन दिएको छ ।
प्राधिकरणले आज जारी गरेको सूचनामा हालका दिनहरूमा मोबाइल तथा इन्टरनेट सेवाको गुणस्तरप्रति उपभोक्ताको असन्तुष्टि बढ्दै गएको उल्लेख गरिएको छ। सेवा सम्बन्धी गुनासा तथा उजुरीहरू प्राधिकरणको इमेल, Complaint Handling System (CHS) तथा “हेलो सरकार” पोर्टलमार्फत उल्लेख्य रूपमा वृद्धि भएको बताइएको छ।
प्राधिकरणका अनुसार सेवा प्रदायकहरूले प्रचलित ऐन, नियम तथा सेवा शर्तअनुसार उपभोक्तालाई चुस्त, दुरुस्त र गुणस्तरीय सेवा प्रदान गर्नुपर्ने दायित्व छ। उपभोक्ता गुनासोको समयमै समाधान नगरे सेवा प्रदायकहरूलाई कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाइने चेतावनी पनि दिइएको छ ।
प्राधिकरणले सबै दूरसञ्चार कम्पनीहरूलाई सेवा गुणस्तर सुधार गर्दै उपभोक्ता हित संरक्षणलाई प्राथमिकतामा राख्न आग्रह गरेको छ।












समाचार
चोरीको सुन किन्ने दुई सुनचाँदी व्यवसायी पक्राउ
एसियन गेम्स क्रिकेटः नेपालले जापानलाई दियो १५० रनको लक्ष्य
घरबासले फेरिँदै दगामको पर्यटन पहिचान
भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती
खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार
हप्तादिनमा ४५०० रुपैयाँले घट्यो सुनको मूल्य, तोलाको ३ लाख मुनि
करिब साढे १७ अंक घट्यो सेयर बजार, ६ अर्ब २८ करोडको कारोबार
दोहोरो बायुको प्रभाव, कहाँ कहाँ हुँदैछ अति भारी वर्षा ?
यस्तो छ शनिबारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात