
काठमाडौं । म्यानचेस्टर युनाइटेडले ओल्ड ट्राफर्डमा नटिङ्घम फरेस्टलाई ३–२ गोलले पराजित गर्दै प्रिमियर लिगमा तेस्रो स्थान सुरक्षित गरेको छ । अब बाँकी रहेको एक खेल गुमाउँदा पनि उसको तेस्रो स्थाना सुरक्षित हुने छ ।
लुक शले खेलको सुरुआतमै गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । तर ५३औँ मिनेटमा मोराटोको गोलमार्फत नटिङ्घम फरेस्टले बराबरी ग¥यो । युनाइटेडका लागि मथियुस कुन्हा ५५ औं र म्बेउमोले ७६ औं मिनेटमा गोल गर्दै खेलमा पुनः नियन्त्रण बनाएका थिए । तर मोर्गन गिब्स ह्वाइटले ७८ औं प्रिमियर लिग सिजनको १ हजारौं गोल गर्दै फरेस्टलाई खेलमा फर्काउने प्रयास गरे ।
यो खेलमा ब्रुनो फर्नान्डेसले एकै सिजनमा सर्वाधिक असिस्ट गर्ने कीर्तिमान बराबरी गरेका छन् । फर्नान्डेसले २०२५÷२६ सिजनमा २० असिस्ट पूरा गर्दै केभिन डे ब्रुयने र थिएरी हेनरीले बनाएको कीर्तिमानसँग बराबरी गरे । उनले ७६औँ मिनेटमा ब्रायन म्बेउमोको गोलका लागि पास उपलब्ध गराएका थिए । त्यस पछिको समय दुवै टोलिबाट गोल हुन सकेन र युनाइटेडले विजयी भयो । यो जितसँगै युनाइटेडले सिजनको शीर्ष तीनमा स्थान सुरक्षित गरेको छ भने नटिङ्घम फरेस्ट ४३ अंकसहित १६ औँ स्थानमा छ ।












समाचार
भोटेकोशी बाढीः हालसम्म ९५ जनाको शव भेटियो
तत्काल उद्धार, राहत तथा पुनर्स्थापनाका कामलाई तीव्रता दिन सरकारसँग महासंघको आग्रह
भोटेकोशी बाढीले दर्जनौँ जलविद्युत आयोजनामा क्षति, उद्धार र पुनर्निर्माणलाई प्राथमिकता दिन इप्पानको आग्रह
महँगीको चपेटामा उपभोक्ता, सरकारको लक्ष्यभन्दा माथि पुग्यो मुद्रास्फीति
भोटेकोशीमा बाढी: भारत, चीन र विश्व बैंकले सोधे- कस्तो सहयोग कहाँ पठाऊँ ?
बाढीपीडितका लागि एनआरएनएले तत्काल ५ करोड सहयोग गर्ने
महासंघ र संयुक्त ट्रेड युनियन समन्वय केन्द्र बीच औद्योगिक सम्बन्ध, लगानीको वातावरण र रोजगारी विस्तारमा सहकार्य गर्ने प्रतिबद्धता
रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका बाढी प्रभावितलाई टेलिकमको निशुल्क सेवा
नुवाकोटमा बाढी प्रभावित केन्द्रको परीक्षा स्थगित गर्ने त्रिविको निर्णय
मन्त्रिपरिषद्को आकस्मिक बैठकले गर्यो १० निर्णय