
काठमाडौं । डाबर नेपाल प्रालिको उत्पादन डाबर हनी न्यून गुणस्तरको भेटिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नमुना परीक्षण गर्दा सो खाद्यपदार्थ न्यून गुणस्तरको भेटिएको जनाएको हो ।
न्यून गुणस्तरको भेटिएपछि सो खाद्यपदार्थ बजारबाट तत्काल फिर्ता गर्न र बिक्री वितरण नगर्न समेत उत्पादक कम्पनीलाई आदेश दिइएको विभागले जनाएको छ । खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८(२) को प्रावधान बमोजिम उक्त ब्याच नम्बरका सबै हनी बजारबाट तत्काल फिर्ता गर्न आदेश दिइएको विभागले जनाएको छ ।
त्यस्तै, विभागले म्याग्नेसियम ग्लाइसिनेट रहेका कुनै पनि खाद्य पदार्थको उत्पादन बिक्री वितरण नगर्न आग्रह गरेको छ । त्यस्तो खाद्य पदार्थ बिक्री वितरण गरिएको पाइएमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही हुने समेत विभागले जनाएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
लामो समयदेखि पुल नबन्दा जोखिम बढ्दै
धुन्चेमा ग्यास आपूर्ति व्यवस्थापनका लागि आकस्मिक अनुगमन
एक वर्षमा एक करोड २० लाख बक्यौता उठ्यो
इंग्ल्यान्डका अलराउन्डर जैब सुदूरपश्चिम रोयल्समा
तीन सातादेखि तातोपानी नाका अवरुद्ध, नेपाल–चीन व्यापार ठप्प
विविधतामा एकताले राष्ट्रिय अखण्डता बलियो बनाउँछ : राष्ट्रपति
क्यानडा पठाइदिने भन्दै लाखौं ठगी गर्ने पक्राउ
आणविक नीतिमा पुनर्विचारको सङ्केतपछि जापानमा चिन्ता
बीवाइडीको ‘अपडेट टु कियर प्लस’ योजना सार्वजनिक, पाँच नयाँ सेवासहित सर्भिस सेन्टरको संख्या १९ पुर्याउने
टाइफुन ‘डल्फिन’को तयारीमा चीन, साङ्घाईमा एक हजार ३०० उडान रद्द