
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले २ लाख ७२ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनी लिला देवी शारदाको नाममा रहेको २ लाख ७२ हजार ७३७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
बैंकले ३५ दिने सार्वजनिक सूचना जारी गर्दै उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीलाई आवेदन दिन आग्रह गरेको छ । इच्छुक संस्थापक सेयरधनीले अबको ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंस्थित कम्पनी सचिवको कार्यालयमा आवश्यक कागजातसहित लिखित आवेदन दिनुपर्नेछ ।
आवेदनमा आफूले खरिद गर्न चाहेको सेयर संख्यासमेत खुलाउनुपर्ने बैंकले जनाएको छ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट पर्याप्त आवेदन नपरेमा भने प्रचलित कानूनअनुसार अन्य व्यक्ति वा संस्थालाई समेत उक्त सेयर बिक्री गर्नका लागि प्रक्रिया अघि बढाइने बैंकले स्पष्ट पारेको छ ।













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम