
नेपालगञ्ज । नेपाल–भारत जमुनाहा नाकामा सशस्त्र प्रहरीले तालिम प्राप्त कुकुरहरू परिचालन गरेको छ। सो नाकाबाट पछिल्लो समयमा लागुऔषध ओसारपसार बढ्दै गएको भन्दै नियन्त्रणका लागि नियन्त्रणका लागि तालिम प्राप्त कुकुर परिचालन गरिएको हो।
तालिम प्राप्त कुकुर परिचालन गरेर सुरक्षा व्यवस्था कडा तुल्याइएको र कुकुरलाई भारतबाट आउने हरेकको सामान सुँघेर जाँच गराउन थालिएको सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण हेडक्वाटर बागेश्वरीले जनाएको छ।
जमुनाहामा परिचालित दुई वटा तालिम प्राप्त कुकुरले विशेषगरी हातहतियार, विस्फोटक पदार्थ तथा लागुऔषधसम्बन्धी जाँचमा सघाइरहेको उल्लेख गर्दै सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण हेडक्वाटर बागेश्वरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक भीमबहादुर चन्दले सीमा सुरक्षालाई आधुनिक र प्रविधिमैत्री बनाउने उद्देश्यअनुसार अब नियमित रूपमा यस्ता तालिम प्राप्त कुकुरहरू सीमा नाकामा तैनाथ रहने जानकारी दिए।
सीमा नाकामा कुकुर परिचालन भएसँगै अवैध ओसारपसार, सीमा अपराध तथा शङ्कास्पद गतिविधि गर्नेहरूमा त्रास हुने र नियन्त्रणमा थप प्रभावकारिता आउने उनले विश्वास व्यक्त गरे। एक सय रुपैँयाँभन्दा बढीको सामान भारतबाट ल्याउँदा भन्सार शुल्क अनिवार्य तिर्नुपर्ने नियममा कडाइ गरिएपछि नाकाको सुरक्षा व्यवस्था थप सुदृढ बनाउन कुकुर परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम