
काठमाडौं । साविक विजेता रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) आईपीएल क्रिकेटको फाइनलमा पुगेको छ । आरसीबी लगतार दोस्रो पटक फाइनमा पुगेको हो ।
मंगलरबार राति भएको पहिलो क्वालिफायरमा गुजरात टाइटन्सलाई ९२ रनले हराउँदै आरसीबी अन्तिम दुईमा प्रवेश गरेको हो । २५५ रनको लक्ष्य सहित जबाफि ब्याटिङ गरेको जुगरातले १९ ओभर ३ बलमा १६२ रनमा अलआउट भयो । उसका लागि राहुल तेवाटियाले सर्वाधिक ६८ रनको पारी खेले । जस बटलरले २९ रन बाउनु बाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । आरसीबीका लागि याकूब डफीले ३ विकेट लिए । त्यस्तै भुवनेश्वर कुमार, रसिक सलाम दार र कुर्नाल पाण्ड्याले २/२ विकेट लिए ।
यस अघि धर्मशालामा टस हारेर पहिला ब्याटिङ गरेको आरसीबीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २५४ रन बनाएको थियो ।आरसीबीका कप्तान रजत पाटीदारले अविजित ९३ रन बनाए । विराट कोहली र क्रुनाल पाण्ड्याले समान ४३ रन बनाए । पराजित गुजरातले फाइनल पुग्न अब सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सबीचको इलिमिनेटर विजेतासँग खेल्नेछ । गएको वर्ष पञ्जाबलाई हराउँदै आरसीबीले उपाधि जितेको थियो ।
आईपीएल क्रिकेटको इलिमिनेटरमा आज बेलुका पौने ८ बजे सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सले खेल्दैछन् ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व