
काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले अवितरित हकप्रद सेयर लिलामी प्रक्रिया मार्फत् बिक्रीमा राखेको छ । कम्पनीले १ः१ को अनुपातमा हकप्रद सेयर खुलाउँदा बाँकी बसेको अवितरित सेयर बिक्रीमा राखेको हो ।
यस अन्तर्गत कम्पनीले ४ लाख ७४ हजार ६९६ कित्ता साधारण सेयर लिलामीमा राखेको छ । यसमा जेठ २१ गतेदेखि जेठ २९ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । यसमा इच्छुक हरकोही व्यक्ति वा संघसंस्थाले सेयर खरीदका लागि बोलपत्र पेश गर्न सक्नेछन्।
सेयर खरीद गर्नका लागि बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ता माग गर्न सकिनेछ ।
सेयरको बिक्री मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । बोलपत्र फाराम काठमाडौंको थापाथलीस्थित एनआईसी एशिया क्यापिटल लिमिटेड (बिक्री प्रबन्धक) का साथै एनआईसी एशिया बैंकका शाखा कार्यालयहरू – विराटनगर–३ मोरङ, आदर्शनगर वीरगञ्ज, महेन्द्रपुल पोखरा, श्रवणपथ बुटवल, हस्पिटल लाइन धनगढी, वीरेन्द्रनगर सुर्खेत, पञ्चकन्या नुवाकोट, त्रिशुली नुवाकोट, नारायणगढ चितवन र नेपालगञ्ज बाँकेमा प्राप्त गर्न र बुझाउन सकिनेछ ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम