
काठमाडौं । चालु आर्थिक वर्षको फागुनसम्म धितोपत्रको दोस्रो बजारमा भएको कारोबार रकम गत वर्षको तुलनामा करिब एक तिहाइले घटेको छ ।प्रतिनिधिसभाको बुधबारको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रस्तुत गरेको आव २०८२/८३ को आर्थिक सर्वेक्षणमा चालु आवको फागुनसम्म धितोपत्र दोस्रो बजारमा १० खर्ब २८ अर्ब ४७ करोड रुपैयाँ बराबरको कारोबार भएको उल्लेख छ । गत आवको सोही अवधिमा यस्तो कारोबार १४ खर्ब ६५ अर्ब ६६ करोड रुपैयाँ थियो ।
त्यस्तै औसत दैनिक कारोबार रकम पनि गत वर्षको ९ अर्ब ८३ करोड रुपैयाँ बाट घटेर ७ अर्ब ४५ करोड रुपैयाँमा झरेको छ । कारोबार भएका धितोपत्रको सङ्ख्या २७.२ प्रतिशत र कारोबार सङ्ख्यामा २९.८ प्रतिशतले घटेको छ । अघिल्लो आवको तुलनामा नेप्से सूचकाङ्क र बजार पुँजीकरण भने सकारात्मक रहेको छ । चालु आवको फागुन मसान्तमा नेप्से परिसूचक २८२०.४५ विन्दु कायम भएको छ, जुन गत वर्षको २७३६.४९ विन्दुको तुलनामा बढी हो । बजेट अघिको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक २७८२.१० विन्दुमा रहेको छ ।
त्यसैगरी फागुन मसान्तसम्म कूल बजार पुँजीकरण अघिल्लो आवको सोही अवधीको तुलनामा ४.४२ प्रतिशतले वृद्धि भई ४७ खर्ब ४४ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही समयमा कुल बजार पुँजीकरण ४५ खर्ब ४३ अर्ब ८१ करोड रुपैयाँ थियो ।
२६ प्रतिशत नागरिकले खोले डम्याट खाता
सार्वजनिक विवरणअनुसार चालु आवको फागुन मसान्तसम्म डिम्याट खाता खोल्नेको संख्या ७६ लाख ३९ हजार पुगेको छ । जुन कूल जनसङ्ख्याको २६.२ प्रतिशत हो । यो संख्या २०८२ असारसम्म ६९ लाख ९७ हजार थियो । त्यस्तै २०८२ असार मसान्तसम्म मेरो सेयर खाताको संख्या ५९ लाख ७६ हजार रहेकामा फागुनसम्म ६६ लाख १३ हजार पुगेको छ ।
दोस्रो बजारमा कारोबार गर्ने बढे
धितोपत्र दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताको सङ्ख्या बढेको छ । सार्वजनिक विवरणअनुसार चालुु आवको फागुनसम्म दोस्रो बजारमा अनलाइन कारोबारका लागि लग–इन लिने लगानीकर्ताको संख्या ३१ लाख ८२ हजार ४६२ रहेको छ । गत आवको सोही अवधिमा यस्तो संख्या २५ लाख ४९ हजार ६९६ थियो ।












समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू