
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४१ पैसा कायम भएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८० पैसा र बिक्रीदर १५३ रुपैयाँ ४० पैसा रहेको थियो ।
यस्तै, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ८४ पैसा र बिक्रीदर १७७ रुपैयाँ ५४ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ८६ पैसा र बिक्रीदर १७८ रुपैयाँ ५६ पैसा रहेको थियो । आज बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ ३२ पैसा र बिक्रीदर २०६ रुपैयाँ १२ पैसा कायम भएको छ । अघिल्लो दिन बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर २०६ रुपैयाँ र बिक्रीदर २०६ रुपैयाँ ८१ पैसा रहेको थियो ।
आज स्वीस फ्राङ्क एकको खरिददर १९४ रुपैयाँ ३२ र बिक्रीदर १९५ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ । यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४० पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ ४२ पैसा र बिक्रीदर ११० रुपैयाँ ८६ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ६० पैसा र बिक्रीदर १२० रुपैयाँ ०७ पैसा कायम गरिएको छ ।
यस्तै, जापानी येन १० को खरिददर ९ रुपैयाँ ५९ पैसा र बिक्रीदर ९ रुपैयाँ ६२ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५३ पैसा र बिक्रीदर २२ रुपैयाँ ७२ पैसा तथा साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ७२ पैसा र बिक्रीदर ४० रुपैयाँ ८८ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ९४ पैसा र बिक्रीदर ४२ रुपैयाँ १० पैसा, थाई भाट एकको खरिददर ४ रुपैयाँ ६९ पैसा र बिक्रीदर ४ रुपैयाँ ७० पैसा तथा यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ ६१ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७७ पैसा तोकिएको छ ।
मलेसियन रिङ्गिट एकको खरिददर ३८ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६९ पैसा, दक्षिण कोरियाली वन १०० को खरिददर १० रुपैया २० पैसा र बिक्रीदर १० रुपैयाँ २४ पैसा, स्विडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ४९ पैसा र बिक्रीदर १६ रुपैयाँ ५५ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ८० पैसा र बिक्रीदर २३ रुपैयाँ ८९ पैसा कायम गरिएको छ ।
केन्द्रीय बैंकका अनुसार हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९ रुपैयाँ ५८ पैसा, कुवेती दिनार एकको खरिददर ४९५ रुपैयाँ २४ पैसा र बिक्रीदर ५०० रुपैयाँ २० पैसा, बहराइन दिनार एकको खरिददर ४०५ रुपैयाँ ३३ पैसा र बिक्रीदर ४०६ रुपैयाँ ९२ पैसा तथा ओमानी रियाल एकको खरिददर ३९६ रुपैयाँ ९० पैसा र बिक्रीदर ३९८ रुपैयाँ ४६ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना