
काठमाडौं । अमेरिकी अन्तरिक्ष संस्था नासाले ब्लु ओरिजिनको विस्फोटबाट क्षतिग्रस्त प्रक्षेपणस्थल फेरि सञ्चालनमा आउन सन् २०२८ सम्म लाग्न सक्ने जनाएको छ ।
यसले कम्पनीका आगामी अन्तरिक्ष अभियानसँगै नासाको चन्द्रमा अन्वेषण कार्यक्रमको समय तालिकामा समेत असर पर्न सक्ने चिन्ता बढेको छ । न्यु ग्लेन ब्लु ओरिजिनको महत्त्वाकाङ्क्षी ठूलो क्षमताको रकेट परियोजना हो । यसलाई व्यावसायिक उपग्रह प्रक्षेपण, चन्द्रमा अभियान तथा गहिरो अन्तरिक्ष अनुसन्धानका लागि प्रयोग गर्ने लक्ष्य राखिएको छ । त्यसैले प्रक्षेपणस्थल लामो समय बन्द हुँदा कम्पनीका व्यावसायिक योजना र प्रतिस्पर्धात्मक क्षमतामा असर पर्ने अनुमान गरिएको छ ।
गएको बिहीबार अमेरिकाको फ्लोरिडामा रहेको केप क्यानाभेरल अन्तरिक्ष केन्द्रमा ब्लु ओरिजिनको ‘न्यु ग्लेन’ रकेटको इन्जिन परीक्षणका क्रममा शक्तिशाली विस्फोट भएको थियो । उडानअघि गरिने स्थिर इन्जिन परीक्षणका बेला भएको यो दुर्घटनाले प्रक्षेपण स्थलमा ठूलो क्षति पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
यो केन्द्र हाल न्यु ग्लेन रकेट प्रक्षेपण गर्न प्रयोग हुने ब्लु ओरिजिनको एकमात्र सक्रिय प्रक्षेपणस्थल भएकाले दुर्घटनाले कम्पनीका आगामी योजनामा प्रत्यक्ष असर पार्ने देखिएको छ । नासाका प्रशासक जारेड आइज्याकम्यानले क्षतिग्रस्त संरचनाको मर्मत र पुनर्निर्माण जटिल हुने बताउँदै पूर्ण पुनः स्थापनाका लागि सन् २०२८ सम्म लाग्न सक्ने सङ्केत गर्नुभएको समाचारसंस्था एपीले जनाएको छ ।
पछिल्लो समय दुर्घटनाको कारण पत्ता लगाउने, प्राविधिक अध्ययन गर्ने र पुनर्निर्माण योजना बनाउने काम चलिरहेको छ । साथै क्षतिग्रस्त संरचनाको सरसफाइ र पुनर्निर्माणको तयारी पनि शुरु गरिएको छ । दुर्घटनाको प्रभाव नासाको चन्द्रमा केन्द्रित आर्टेमिस अभियानमा पनि पर्न सक्ने खबरमा उल्लेख छ । विज्ञहरू विस्फोटको वास्तविक कारण र क्षतिको पूर्ण मूल्याङ्कनमा केन्द्रित छन् ।













समाचार
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश