
काठमाडौं । साफ च्याम्पियपनसिपमा नेपाल दोस्रो पटक सेमिफाइनलबाट बाहिरिएको छ । सन् २०१० देखि सुरु भएको यस प्रतियोगितामा आज नेपाल बङ्गलादेशसँग पराजित भएको हो । यसअघि सन् २०१६ मा भएको साफ च्याम्प्यिनसिपको सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको थियो ।
गोवास्थित पण्डित जवाहारलाल नेरु रङ्गशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा बङ्गलादेशले नेपाललाई २–१ गोलअन्तरले पराजित गरेको हो । खेलमा पहिलो अग्रता नेपालले लिएको थियो । नेपालको लागि गीता रानाले खेलको २३ औँ मिनेटमा गोल गरिन् । दीपा शाहीले प्रहार गरेको कर्नर किकमा गीताले डि बक्स एरियाबाट गोल गर्न सफल भएकी हुन् ।
नेपालको एक शून्य गोलको अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको पहिलो हाफको अतिरिक्त समयमा बङ्गलादेशले गोल गर्दै खेल बराबरीमा फर्कायो । बङ्गलादेशको लागि रितु पोर्ना चक्माले गोल गरिन् । त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा बङ्गलादेशकी सागुरिकाले थप एक गोल गर्दै बङ्गलादेशको जित सुनिश्चित गरिन् ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह