
काठमाडौं । पेरिस सेन्ट जर्मेन (पिएसजी) ले बायर्न म्युनिखलाई रोमाञ्चक खेलमा ५-४ ले पराजित गर्दै च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा झिनो अग्रता बनाएको छ। पार्क दे प्रिन्सेस रंगशालामा भएको खेलमा दुवै टोलीबाट धेरै गोल भएपछि खेल निकै रोमाञ्चक बनेको थियो।
खेलको १७ औं मिनेटमा बायर्न म्युनिखका हेरी केनले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। लुइस डियाजलाई विलियम पाचोले फाउल गरेपछि बायर्नले पेनाल्टी पाएको थियो। तर त्यसपछि पिएसजीले राम्रो पुनरागमन गर्यो। २४ औं मिनेटमा ख्विचा क्वारात्स्खेलियाले सुन्दर गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसपछि ३३ औं जोआओ नेभेसले हेडरमार्फत गोल गर्दै पिएसजीलाई अग्रता दिलाए।
केही समयपछि ४१ औं माइकल ओलिसेले उत्कृष्ट गोल गर्दै बायर्नका लागि खेल फेरि बराबरीमा ल्याए। पहिलो हाफको इन्जुरी समयमा पिएसजीले पेनाल्टी पायो। अल्फोन्सो डेभिसको हातमा बल लागेपछि रेफ्रीले पेनाल्टी दिएका थिए। उस्मान डेम्बेलेले पेनाल्टीलाई गोलमा परिणत गर्दै पिएसजीलाई पुनः अग्रता दिलाए। दोस्रो हाफमा पिएसजीले थप दुई गोल गर्दै तीन गोलको अग्रता बनायो। ५६ औं मिनेटमा क्वारात्स्खेलिया र ५८ औं मिनेटमा डेम्बेलेले गोल गरे।
तर बायर्न म्युनिखले हार मानेन। डायोट उपामेकानोले ६५ औं र लुइस डियाजले ७८ औं गोल गर्दै अन्तर घटाए। अब यी दुई टोलीबीचको दोस्रो खेल मे ६ मा म्युनिखमा हुनेछ। त्यस खेलको विजेताले फाइनलमा आर्सनल वा एट्लेटिको मड्रिडमध्ये एकसँग खेल्नेछ।













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि