
काठमाडौं । पुस मसान्तभित्रै आईपीओ निष्काशनको तयारीमा रहेको इस्टर्न साहारा कम्पनी लिमिटेडको विशेष साधारण सभा बुधबार सम्पन्न भएको छ । कम्पनीको आईपीओ सोबनमा पाइपलाइनामा रहेको छ । सभाले कम्पनीको पुँजी वृद्धि गर्ने विशेष प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको हो ।
पूँजी वृद्धिको नयाँ प्रस्ताव पारित भएसँगै अब कम्पनीको कुल पूँजी २ अर्ब २० करोड रुपैयाँ पुग्ने भएको छ, जसमध्ये १ अर्ब ७६ करोड रुपैयाँ संस्थापक शेयर र बाँकी ४४ करोड रुपैयाँ आइपीओको रुपमा निष्काशन गर्नेछ। कम्पनीले आगामी पुस महिनाभित्रै सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने तयारी गरेको छ भने जतिसक्दो छिटो आईपीओ स्वीकृतिका लागि आवश्यक प्रक्रिया पूरा गर्न कम्पनी तदारुकताका साथ अघि बढेको छ।
कम्पनीका अध्यक्ष महेन्द्रकुमार गिरीको अध्यक्षतामा सम्पन्न भएको उक्त सभामा उनले छरिएर रहेको स–सानो पूँजीलाई एकीकृत गरी राष्ट्रिय अर्थतन्त्र र दिगो परियोजनाहरूमा लगानी गर्नु कम्पनीको मुख्य उद्देश्य रहेको बताए। विशेषगरी हरित लगानी, हरित अर्थतन्त्र, वातावरणीय संरक्षण र दिगो विकासको अवधारणालाई आत्मसाथ गर्दै आएको यस कम्पनीले जलविद्युत्, सौर्य ऊर्जा, कृषि, पर्यटन, सूचना प्रविधि र खनिज उत्खनन् जस्ता बहुआयामिक क्षेत्रमा आफ्ना अल्पकालीन, मध्यकालीन र दीर्घकालीन लगानी विस्तार गरिरहेको छ।
सामाजिक र वित्तीय क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तित्वहरूद्वारा सञ्चालित यस संस्थाले शेयरधनीहरूलाई उच्चतम प्रतिफल दिने लक्ष्य राखेको छ। अध्यक्ष गिरीले आईपीओ निष्कासनसँगै कम्पनी सार्वजनिक स्वामित्वमा प्रवेश गर्ने र यसले पारदर्शिता, उत्तरदायित्व र संस्थागत सुदृढीकरणलाई थप मजबुत बनाउने बताउँदै हरित ऊर्जा र वातावरणमैत्री परियोजनामा लगानीमार्फत आर्थिक प्रतिफलसँगै रोजगारी सिर्जना, प्रविधि हस्तान्तरण र वातावरणीय सन्तुलनमा दीर्घकालीन योगदान गर्ने लक्ष्य लिएको स्पष्ट पारे।












समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू