
काठमाडौं । CG Motocorp Pvt. Ltd.नेपालमा Suzuki अटोमोबाइल्सको अधिकृत वितरकले ‘सुजुकी समर सर्भिस क्याम्प’को घोषणागरेको छ । यो राष्ट्रव्यापी सेवा अभियान जेठ २४ गतेदेखि २६ गतेसम्म नेपालभरका सबै अधिकृत सुजुकी सर्भिस सेन्टरहरूमा सञ्चालन हुनेछ।
नेपालमा गर्मी र मनसुनपूर्वको मौसम प्रारम्भ भइसकेको सन्दर्भमा, जुनबेला भारी वर्षा र चिप्लो सडकहरूका कारण सवारी साधनको प्रदर्शन तथा सुरक्षामा प्रतिकूल असर पर्नसक्ने भएकाले सीजी मोटो कर्प प्रत्येक सुजुकी मालिकले यो मौसम निडर र पूर्ण सुरक्षाका साथ यात्रा गर्न सकून् भन्ने उद्देश्यले यो अभियान ल्याएको जनाएको छ । तीन दिने यस क्याम्पमा व्यापक सवारी मर्मत-सम्भार, आकर्षक छुट र निःशुल्क सेवाहरू प्रदान गरिनेछन्।
विशेष अफर तथा छुट विवरण
क्याम्पका दौरान आफ्नो सवारी साधन ल्याउने ग्राहकहरूले निम्न सुविधाहरूको लाभ उठाउन पाउनेछन्:
| स्पेयर पार्टस (Spare Parts) | १०% विशेष छुट |
| लुब्रिकेन्ट (Lubricants) | १०% विशेष छुट |
| लेबर चार्ज (Labour Charges) | २०% छुट |
| सुजुकी डाइग्नोस्टिक टूल (SDT) जाँच | निःशुल्क |
| सामान्य सवारी निरीक्षण | निःशुल्क |
| हिटर तथा एयर कन्डिसनिङ जाँच | निःशुल्क |
| ब्याट्री परीक्षण | निःशुल्क |
बम्पर लकी ड्र: लक्जरी स्टेकेसन जित्ने मौका
सेवा सुविधाका अतिरिक्त, यस क्याम्पमा एक रोमाञ्चक लकी ड्रको आयोजना गरिनेछ। क्याम्पका दौरान आफ्नो गाडी सर्भिस गर्ने ग्राहकहरू मध्येबाट छनोट भएका दश भाग्यशाली विजेताले प्रत्येकले नगरकोटको भंगेरी दरबार रिसोर्टमा एक्सक्लुसिभ स्टेकेसन प्याकेज जित्ने मौका पाउनेछन् ।
सीजी मोटोकर्पले नेपालभरका सबै सुजुकी गाडी मालिकहरूलाई जुन ७ देखि ९, २०२६ सम्म आफ्नो नजिकको अधिकृत सुजुकी सर्भिस सेन्टरमा आई यी विशेष अफरहरूको भरपूर फाइदा उठाउन र आगामी मनसुन सिजनका लागि आफ्नो सवारी साधन उत्कृष्ट अवस्थामा राख्न आमन्त्रण समेत गरेको छ ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम