
काठमाडौं । साविक विजेता बागमती प्रदेशले १६औं केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको छ । विभिन्न ६ खेल समावेश प्रतियोगितामा २२ स्वर्ण, २१ रजत र १३ कास्य जित्दै बागमती टिम च्याम्पियन भएको हो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको सह–आयोजनामा भएको प्रतियोगितामा सुदूरपश्चिम प्रदेश दोस्रो भयो । सुदूरपश्चिमले १९ स्वर्ण, ९ रजत र १४ कास्य प्राप्त गर्यो ।
१२ स्वर्ण, १५ रजत र १८ कास्य जितेको लुम्बिनी प्रदेश तेस्रो बनेको छ । ५ स्वर्ण, २ रजत र १८ कास्यकासाथ गण्डकी प्रदेश चौथो, ४ स्वर्ण, ७ रजत र १७ कास्यसहित कोशी प्रदेश पाँचौ, ३ स्वर्ण, ६ रजत र ६ कास्यकासाथ मधेश प्रदेश छैटौं अनि २ स्वर्ण, ५ रजत र १२ कास्यसाथ कर्णाली प्रदेश सातौं भयो ।
तीनदिने प्रतियोगितामा सात प्रदेशबाट ६ सय ८६ खेलाडीले एथलेक्टिस, भलिबल, कबड्डी, तेक्वान्दो, कराते र उसुमा प्रतिस्पर्धा गरेका थिए ।













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम