
ताप्लेजुङ। जिल्लामा प्रदेशस्तरीय अलैँची महोत्सव आयोजना हुने भएको छ । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकाको केन्द्र हाङपाङमा आगामी असार १२ र १३ गते महोत्सव सञ्चालन गरिने भएको हो ।
महोत्सव मूल समारोह समितिका संयोजक बालचन्द्र आङबुहाङका अनुसार आठराई त्रिवेणी गाउँपालिका र कृषि ज्ञान केन्द्र ताप्लेजुङको आर्थिक सहयोगमा आयोजना हुन लागेको महोत्सवले अलैँची खेतीको प्रवद्र्धन, उत्पादन वृद्धि तथा बजार विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
महोत्सवमा अलैँचीका बोटबिरुवा तथा फलको प्रदर्शनी, अलैँचीजन्य उत्पादनहरूको प्रदर्शनी, उत्कृष्ट तथा कमजोर अलैँची बगानको अवलोकन र पहिचानलगायत कार्यक्रम समावेश गरिएका छन् । यसका साथै अलैँची खेती तथा प्रवद्र्धनसँग सम्बन्धित खुला कविता प्रतियोगिता, लोकदोहोरी तथा अन्य सांस्कृतिक कार्यक्रम हुने बताइएको छ ।
दुईदिने महोत्सवमा आधुनिक अलैँची खेतीसम्बन्धी कार्यशाला, क्रेता–बिक्रेताबीच अन्तरक्रिया तथा अलैँचीको उत्पादन, प्रशोधन र बजारीकरणका विषयमा व्यापक छलफल हुने कार्यक्रम तय गरिएको छ । सङ्घ तथा प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख–उपप्रमुख एवम् अलैँची विज्ञहरूको सहभागितामा आधुनिक खेती प्रविधि र बजार विस्तारका सम्भावनाबारे विशेष छलफल गरिनेछ ।
महोत्सवका अवसरमा अलैँची खेतीमा उल्लेखनीय सफलता हासिल गरेका किसानलाई सम्मानसमेत गरिने आयोजकले जनाएको छ । हिमाली जिल्ला ताप्लेजुङ नेपालकै प्रमुख अलैँची उत्पादन क्षेत्र मानिन्छ । यहाँ उत्पादन हुने उच्च गुणस्तरको अलैँचीले राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारमा विशेष पहिचान बनाएको छ । कृषक, व्यवसायी र सरोकारवालाबीच अनुभव आदान–प्रदानसहित अलैँची खेतीको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको जनाइएको छ ।













समाचार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
हर्मुजमा अलपत्र परेका जहाजहरू ‘सुपर-स्प्रेडर’ बन्न सक्ने चेतावनी
अप्पर सोलु हाइड्रोले एक वर्षमा कमायो २० करोड ८७ लाख नाफा, इपीएस कति ?
पञ्चकन्या माई हाइड्राको वित्तीय अवस्था : करिब ७ करोडको नोक्सानी पुरा गरि ६ करोड ६८ लाख नाफामा
२८८ प्रतिशतले बढ्यो तेह्रथुम पावर कम्पनीको नाफा, अन्य सूचक कस्ता ?
अन्तर्राष्ट्रिय हवाई भाडा कम गर्न माग
देशका विभिन्न भागमा सडकमा यातायात प्रभावित, कुन कुन राजमार्गमा रोक ?
गिद्ध संरक्षणसँगै जैविक विविधता जोगाउन विद्यार्थीको सक्रियता
सोलुखुम्बुमा पहिरोका कारण दुई वडा कार्यालय जोखिममा, ११ परिवार विस्थापित
विदेशबाट भाइले पठाइदिएको मोबाइलले खिचेको तस्बिर बन्यो उत्कृष्ट