
काठमाडौं । इटहरीमा भव्य सम्मेलन केन्द्र बन्ने भएको छ । एकैपटक ४ हजार मानिस अटाउने क्षमताको एबी हस्पिटालिटी (विन्धम रिसोर्ट एण्ड कन्भेन्सन सेन्टर) बन्ने पक्का भएको हो ।
अन्तर्राष्ट्रिय स्तरको यस सम्मेलन केन्द्र निर्माणसँगै पूर्वी नेपाल मात्रै नभई सिङ्गो नेपालकै पर्यटन तथा आतिथ्यता क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल हुने विश्वास गरिएको छ । पायेनियर होटल व्यवसायीका रुपमा उदाएका देशबन्धु बस्नेत (अजित)ले ‘ड्रिम प्रोजेक्ट’का रुपमा लिएको एबी हस्पिटालिटी निर्माणका लागि आवश्यक वित्तीय व्यवस्थापनको काम सम्पन्न भएको छ । यस प्रोजेक्टको वित्तीय व्यवस्थापनमा एभरेष्ट बैंक लिमिटेडले नेतृत्व लिएको छ । यसमा मुक्तिनाथ विकास बैंकको सहकार्य रहनेछ ।
एबी इन्भेष्टमेन्ट होल्डिङका अध्यक्ष देशबन्धु बस्नेतले नै यस परियोजनाको पनि नेतृत्व गर्नेछन् । बस्नेतले गत वर्ष मात्रै काठमाडौँमा अन्तर्राष्ट्रिय चेन होटल ब्राण्ड ‘मक्र्योर’ भित्र्याएका थिए भने हालै मात्रै इटहरीमै ‘रमडा बाई विन्डम’ सञ्चालनमा ल्याइसकेका छन् । दुई वटा अन्तर्राष्ट्रिय पाँच तारे होटल चलाइरहेका बस्नेतले इटहरीमा नै रिसोर्ट सहितको अन्तर्राष्ट्रिय स्तरको कन्भेन्सन सेन्टर बनाउन लागेका हुन् । बस्नेत नेतृत्वमा अघि बढ्ने यो प्रोजेक्ट उनको तेस्रो अन्तर्राष्ट्रिय स्तरको परियोजना हो ।
यो परियोजनाले पूर्वी नेपाललाई पर्यटन, व्यवसायिक कार्यक्रम, वेडिङ डेस्टिनेशन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलन र प्रदर्शनीको प्रमुख केन्द्रका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ । यसबाट पूर्वी नेपालका इलाम, कन्चनचङ्घा, चतरा धाम, बराहक्षेत्र, कोशी टापु, भेडेटार जस्ता गन्तव्यको विश्वस्तरमा प्रचार हुनुका साथै नयाँ नयाँ गन्तव्यको पहिचान र विकासमा समेत योगदान पुग्ने देखिएको छ ।
अहिले भारतीय पर्यटकहरु घुमफिर र बिबाह समारोहका लागि समेत नेपाल आउने गरेका छन् । रिसोर्ट सहितको उक्त सम्मेलन गर्न निर्माण भएपछि त्यस्ता भारतीय पर्यटकहरुको आगमन झन बढ्ने अपेक्षा गरिएको बस्नेतले बताएका छन् । साथै, दक्षिण एशियाली देशहरुबाट हुने अन्तर्राष्ट्रिय समारोह तथा सम्मेलनका लागि समेत उक्त सम्मेलन केन्द्र उपर्युक्त हुने देखिएको छ ।
इटहरीमा बन्ने यो परियोजना विराटनगर–इटहरी–धरान आर्थिक तथा टुरिजम करिडोरलाई नेपालकै प्रमुख गन्तव्यका रूपमा विकास गर्ने दीर्घकालीन सोचको उपलब्धि हो । बस्नेतले पनि भारत, भुटान र बंगलादेशबाट बढ्दो पर्यटक तथा व्यवसायिक आवागमन, सुधार हुँदै गएको पूर्वाधार तथा पर्यटन सम्भावनाले पूर्वी नेपाललाई दक्षिण एशियाकै नविनतम् पर्यटन केन्द्रका रूपमा स्थापित गर्ने आधार तयार गर्ने विश्वास व्यक्त गरेका छन् ।
उनले बैंकिङ साझेदार, लगानीकर्ता, परामर्शदातासहित सरकारी निकायहरुप्रति आभार व्यक्त गर्दै यो परियोजना केवल एउटा होटल वा कन्भेन्सन सेन्टर मात्रै नभई पूर्वी नेपालको आर्थिक विकास, रोजगारी सिर्जना, निजी क्षेत्रको लगानी विस्तार तथा पर्यटन उद्योगको समग्र रूपान्तरणको आधारस्तम्भ बन्ने विश्वास व्यक्त गरेका छन् । उक्त परियोजना सञ्चालनमा आएपछि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा हजारौं रोजगारी सिर्जना गर्ने, स्थानीय उत्पादनको खपत बढाउने र स्थानीय अर्थतन्त्रको श्रृंखलामा नै सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
पूर्वी नेपाललाई भारत, भुटान र बंगलादेशलाई जोड्ने पर्यटन तथा व्यवसायिक प्रवेशद्वारका रूपमा विकास गर्ने अभियान अन्तर्गत एबी हस्पिटालिटी (विन्धम रिसोर्ट एण्ड कन्भेन्सन सेन्टर) निर्माणको थालनी भएको र यस अभियानमा यो परियोजना कोसेढुङ्गा सावित हुने प्रोजेक्टका परिकल्पनाकार तथा व्यवस्थापक प्रभात कार्कीले बताएका छन् ।












समाचार
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व
आजको मौसम : मनुसनी वायुको प्रभाव, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
सिक्टा सिँचाइ : २० वर्षमा २४ अर्ब रुपैयाँ खर्च, ५१ प्रतिशत भौतिक प्रगति
युद्धको छायामा ब्रिक्स शिखर सम्मेलन, चिनियाँ राष्ट्रपति सी भारतमा
प्लेस्टेशनले १८ वर्षमाथिका लागि बनाएको वुल्भरिन गेम जोखिमपूर्ण दाउ हो, सफल होला?
अनलाइन सट्टेबाजी खेल्ने/खेलाउने तीन जना पक्राउ