
काठमाडौं । बागमती प्रदेशले आगामी आर्थिक वर्ष (आव) २०८३\८४ को बजेटमार्फत् उधमशीलता र नवप्रवर्धनलाई जोड दिएको बताए । साथै, यातायातलाई थप व्यवस्थित बनाउने भएको छ ।
बजेटमार्फत् नवप्रवर्धन र स्टार्टअप अभियानलाई विद्यालय विश्वविद्यालय तथा नीजि क्षेत्रबाट उधमशील शिक्षा तथा कार्यक्रम हरुको लागि सरकारले बजेट छुट्याएको छ । युवा तथा महिलालाई सिप, प्रविधि र वित्तिय सहायताबाट उत्पादनशिल क्षेत्रमा आकर्षण गर्न र प्रभावकारी कार्यानचयन गर्न बजेट विनियोजन गरिएको छ ।
त्यस्तै, यातायात पुर्वाधार व्यवस्थित बनाउन डिजिटल डिस्प्ले, टोकन प्रणाली, प्रतिक्षालय , शुद्ध खानेपानी , शौचालय आदिको निर्माणका लागि रकम छुट्याएको छ ।साथै, सचारी चालक अनुमति पत्र, ब्लुबुक, यान्त्रिक परिक्षण सम्बन्धी जानकारी नागरिकले मोबाइल एप मार्फत हेर्न सक्ने बनाउन आवश्यक बजेट विनियोजन गरिएको छ । अर्थमन्त्री प्रभात तामङले असार १ गते बजेट प्रस्तुत गरेका थिए ।













समाचार
सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम
भलमन्सा विधेयकमाथि छलफल: सबै समुदायको छुट्टाछुट्टै मौलिक अभ्यासलाई समेट्न माग
चाडबाड नजिकिँदै गर्दा बजार अनुमगन
पश्चिमका क्यान्सर बिरामीका लागि आशा बन्दै खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल
दमौली–भरतपुर प्रसारण लाइनका लागि सबै सामुदायिक वनमा रुख कटानको स्वीकृति
खर काट्न गएकी महिलाको भिरबाट लडेर मृत्यु
अन्तिम समयको गोलले हारबाट जोगियो म्यानचेस्टर युनाइटेड
म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र
साउदी छोडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक १ लाख आम्दानी
कालीगण्डकी कोरिडोर केन्द्रित पशुपालन प्रवर्द्धन