
काठमाडौं । साताको सेयर कारोबार हुने दोस्रो दिने आज सेयर बजार राताम्य भएर बन्द भएको छ । आजको कारोबार बन्द हुँदा परिसूचक २६.१६ अंकले घटेर बन्द भएको हो ।
आजको कारोबार बन्द हुँदा परिसूचक ०.९६ प्रतिशतले घटेर २६७४.४८ विन्दुमा पुगेको छ । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये २३९ कम्पनीको सेयर मूल्य घटेको छ । आज २२ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ । आज ११ कम्पनीको सेयर मुल्य स्थिर रहेको छ ।
त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि २.३१ अंकले घटेर ४६१.४८ विन्दुमा पुगेको छ । आज सेयर बजारका १३ उपसूचकमध्ये १२ वटाको सेयर मूल्य घटेको छ भने एउटाको मूल्य मात्रै आज बढेको छ ।
परिसूचक राताम्य भएको दिन कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ४ अर्ब ४४ करोड माथिको कारोबार भएको बजारमा आज भने ४ अर्ब ३६ करोड २१ लाख ९४ हजार ७७१ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा ३५३ कम्पनीका १ करोड ४० हजार १६४ कित्ता सेयर ७२ हजार ८५४ पटक खरिद बिक्री हुँदा उक्त मूल्यको कारोबार भएको हो ।
आज सेयर बजारमा दुई कम्पनीको सेयर मूल्यमा सकात्मक सर्किट लागेर कारोबार भएको छ भने एउटा कम्पनीको सेयर मूल्यमा आज नकारात्मक सर्किट लागेको छ ।













समाचार
अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान
सुनको मूल्यमा ३८०० रुपैयाँको गिरावट, तोलाको कति ?
पशुको नश्ल सुधारका लागि तनहुँमा कृत्रिम गर्भाधान सेवा विस्तार
पर्यटन प्रवर्द्धनमा पोखराको प्रयास–उत्तरपूर्वी भारतसँग ‘बीटूबी’ कार्यक्रम
हप्ता दिनमा पुँजी बजारमा ४२ अंकको गिरावट, औषतमा ४ अर्ब ७९ करोड
कांग्रेस केन्द्रीय सदस्यमा वरिष्ठ गायक चन्द्र शर्माको उम्मेदवारी
मनसुनी र पश्चिमी वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?
यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमयदर
नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना
नेप्सेमा विकास हाइड्रोपावर र सिटिजन्स बैंकको सेयरमूल्य समायोजन