
कालिकोट। कालिकोटमा नदी, खोलाबाट ढुङ्गा, गिट्टी, बालुवालगायतका नदीजन्य पदार्थ उत्खननमा रोक लगाइएको छ।जिल्ला प्रशासन कार्यालय कालिकोटले अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा सङ्कलन गर्न रोक लगाएको हो।
अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन तथा सङ्कलन कार्य हुँदै आइरहेको र पटकपटकका जिल्ला विपद् व्यवस्थापन समितिको बैठकबाट स्थानीय तहले कानुन बनाएर मात्र कानुनसम्मत रूपमा उत्खनन तथा उपयोग गर्ने निर्णय भएकामा त्यसको पालना नभएका कारणले रोक लगाएको जिल्ला प्रशासन कार्यालय कालिकोटले जनाएको छ।
जिल्लाका नौवटै स्थानीय तहहरूलाई कानुन निर्माण गरेर नदीजन्य पदार्थ उत्खनन गर्न पटकपटक ताकेता गरे पनि त्यसको उल्लङ्घन गरेका कारणले रोक लगाएको जिल्ला प्रशासन कार्यालय कालिकोटका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी जनक शर्माले बताए।
“ढुङ्गा, गिट्टी, वालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७७ (पहिलो संशोधन २०७९) को दफा ४ को उपदफा (१६) बमोजिम असार १ गतेदेखि भदौ मसान्तसम्म उत्खनन तथा सङ्कलन कार्य गर्न पूर्ण रूपमा बन्द गरिएको छ”, उनले भने, “यो निर्णयको विपरीत हुने गरी नदी वा खोला क्षेत्रमा कुनै नदीजन्य पदार्थको चोरी निकासी तथा अवैध उत्खनन वा सङ्कलन कार्य/क्रियाकलाप गरे/गराएको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही हुनेछ।”
हिउँदभर स्थानीय तहहरूले आवश्यक कानुन नै नबनाई प्राकृतिक स्रोतको मनपरी दोहन गरिरहेको अवस्थामा वर्षायाममा आउन सक्ने बाढी, पहिरोजस्ता प्राकृतिक विपद्को जोखिमलाई समेत न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालय निर्णय लिएको जनाएको छ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम