
काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले अहिलेको अवस्थामा कम्युनिष्ट पार्टीहरूबीच एकता नभई विचार मिल्न सक्ने सबै शक्तिसँग कार्यगत एकता गरेर अगाडि बढ्नुपर्ने बताएका छन्।
एमाले को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलद्वारा केन्द्रीय कार्यालय, च्यासलमा आज आयोजित सम्पर्क विशेष सङ्गठन कमिटीसँग सुझाव सङ्लन कार्यक्रममा उहाँले अहिले नीति, विचार, उद्देश्य बोकेर अगाडि बढ्न चाहने व्यक्तिहरू कार्यगत एकतामा आउन सक्ने बताए।
उनले आफूहरू सरकारमा रहँदा देशको विकास र जनताको हितमा ऐतिहासिक र असाधारण काम गरिएको स्मरण गरे। “देशको राजनीतिक, सामाजिक परिवर्तनमा नेकपा (एमाले)को भूमिका असाधारण रहेको छ, अब पनि देशलाई सही बाटोमा अगाडि बढाउने छौँ”, उनले भने, “हामी फेरि पनि उठ्न सक्छौँ। पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्छ।”
कार्यक्रममा पार्टीका उपाध्यक्ष एवं कार्यदलका संयोजक रामबहादुर थापा उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ, महासचिव शङ्कर पोखरेल, नेता लालबाबु पण्डितलगायत सहभागी थिए।













समाचार
हतुवागढी खैराङमा अदुवा खेती विस्तार
चिनाकोट दरबार क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण
भोटेकोशी बाढीः ‘मेरो गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस् !’
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची सार्वजनिक
देशभर मनसुनी वायुको प्रभाव कायमै, ५ प्रदेशमा भारी वर्षाको सम्भावना
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
रास्वपा ओखलढुंगाका सांसद पोखरेलको स्वकीय सचिवमा पत्रकार थापामगर नियुक्त
चिलिमे जलविद्युत् आयोजनामा नेपाली सेनाको खोज तथा उद्धार तीव्र
५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज