
बाँके । बाँकेको राँझास्थित डिभिजन वन कार्यालयले जिल्लामा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यका साथ विभिन्न प्रजातिका ६ लाखभन्दा बढी बिरुवा किसानलाई निःशुल्क वितरण गर्न थालेको छ। चालु आर्थिक वर्षमा विभिन्न प्रजातिका कुल ६ लाख ७८ हजार १७२ बिरुवा उत्पादन गरी वितरण कार्य सुरु गरिएको हो।
वरिष्ठ डिभिजनल वन अधिकृत शङ्करप्रसाद गुप्ताका अनुसार यस वर्ष एकवर्षीय ५ लाख ८८ हजार ८७२ र बहुवर्षीय ८९ हजार ३०० बिरुवा उत्पादन गरिएका छन्। ती बिरुवाहरू हिजोदेखि नै स्थानीय किसानलाई वितरण गर्न थालिएको छ। नर्सरीमा विशेष गरी सागवान, मसला, बकाइनो, इपिल, गोल्डमोहर, शीतलचिनी, खयर, सिसौ, अम्बा, सेतो शिरीष, सिमल, वीरेन्द्रफूल, छतिवन र एकासिया जस्ता प्रजातिहरू बढी मात्रामा हुर्काइएका छन्।
यसका साथै अमला, छतिवन, जामुन, पारिजात, सतिसाल, कालो शिरीष, कागती, श्रीखण्ड, कनकचम्पा, राजवृक्ष, अर्जुन, धुपी, रिठा, कपुर, कुसुम र निलमफूल जस्ता वनस्पति पनि नर्सरीमा तयार पारिएका छन्। किसानहरूलाई वितरण गर्न थालिएका यी बिरुवाहरूमा काष्ठजन्य, गैरकाष्ठ, फलफूल तथा विभिन्न प्रकारका सजावटका प्रजातिहरू समावेश छन्, जसले जिल्लाको वातावरणीय सन्तुलन र हरियाली बढाउन ठुलो योगदान पुर्याउने अपेक्षा गरिएको छ।













समाचार
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि
सम्बन्ध विच्छेदका मुद्दा उच्च, समाजमा जटिल समस्या पैदा गर्नेप्रति चिन्ता
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
युक्रेनको सपिङ मलमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु
‘सुपर एल निनो’को सम्भावित जोखिम : चिन्ता ऊर्जा सङ्कटको
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास
पहिरोले देशका विभिन्न सडक अवरुद्ध
पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे : पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे छलफल
साताको सेयर : परिसूचक करिब १ प्रतिशतले घट्दा, औषत कारोबार बढ्यो