
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा बस्ती संरक्षण योजना निर्माण भएको छ । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखरामार्फत दग्नामको बस्तीलाई जोखिम बनाएको पहिरो र नदी कटान नियन्त्रण गरिएको हो।
संघीय सरकारले विनियोजन गरेको रु तीन करोड बजेटबाट दग्नाम गाउँको फेदी, कान्छीगाउँको फेदी पानाकोट र कुम्माखोलाको किनारमा तटबन्ध निर्माण भएको रघुगङ्गा गाउँपालिका–४ का वडाध्यक्ष पविन गर्बुजाले बताए। “भिरालो पाखामा रहेको दग्नाम गाउँ पहिरो र कम्माखोलाको कटान जोखिममा परेको थियो”, उनले भने, “ग्यावियन पर्खाल र तटबन्ध गरेपछि पहिरो, बाढी र कटानको जोखिममा घटेको छ।”
एक सयभन्दा बढी घरपरिवारको बसोबास रहेको दग्नामका बासिन्दाले योजना निर्माणपछि सुरक्षित महसुस गरेका वडाध्यक्ष गर्बुजाले बताए। रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँटदेखि दग्नाम हुँदै दर्मीजा, चिमखोला, कुइनेमङ्गले जोड्ने सडकलाई पनि सुरक्षित बनाएको छ। उक्त योजना निर्माणका लागि रु दुई करोड २५ लाख ६९ हजार ९२९ मा हिमालयन कन्ट्रक्सन/ताण्डपेश्वर/हिमालयन बिल्डर्स जेभीले २०८२ साल फागुन २९ गते ठेक्का सम्झौता गरेको थियो।
सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाका इन्जिनियर नरजङ्ग गुरुङले योजनामार्फत तीन हजार ७५३ घनमिटर ग्यावियन पर्खाल निर्माण गर्ने काम सम्पन्न भएको जानकारी दिए। यही असार १९ गतेसम्मको ठेक्काको म्याद रहेको आयोजना निर्धारित समयअगावै सम्पन्न भएको उहाँले बताए।
निर्माण कम्पनीका प्रतिनिधि रवीन्द्र कार्कीले इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिका बाबजुद सम्झौतालगत्तै निर्माण सामग्री व्यवस्थापन, मजदुर र उपकरण परिचालन गरेर निर्धारित समयअघि नै योजना सम्पन्न गरी जिम्मेवारी पूरा गरेको बताए । स्थानीय जनप्रतिनिधि र समुदाय, आयोजना कार्यालयले सहजीकरण र समन्वय गरेकाले समयमै योजना सम्पन्न गर्न सफल भएको उनले बताए।
त्यसैगरी, संघीय सरकारको रु दुई करोड ३९ लाख लगानीमा रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँटदेखि दग्नाम–दर्मीजा–चिमखोला–घ्यासीखर्क जोड्ने सडकको औरी, बुग्ल र दग्नाम खण्डमा ९०० मिटर ढलान गरेर पक्की बनाइएको छ । दग्नाम, दर्मीजा, चिमखोला, घ्याँसीखर्क, मङ्गलेखानी, चौरखानी र पात्लेखर्क गाउँका बासिन्दा लाभान्वित भएका वडाध्यक्ष गर्बुजाले बताए।












समाचार
इप्पानको सेबोनसँग ८ बुँदे नीतिगत र ३ बुँदे तत्कालीन माग, ‘आईपीओ रोकिँदा ४ हजार मेगावाटका आयोजना संकटमा’
नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा
यूनाइटेड अजोड इन्स्योरेन्सको अवितरित हकप्रद सेयर लिलाम बिक्रीमा
‘स्ट्रेट अफ होर्मुज’मा अमेरिकाद्धारा आक्रमण : जवाफ दिने इरानको चेतावनी
सिद्धार्थ बैंकको ४२ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
विश्वकप फुटबल : क्वाटरफाइनल समिकरण पुरा, युरोपका ६ टोलि अन्तिम ८ मा
भेरी करिडोर : पुल र सडक कहिले होलान् पूरा ?
गुन्द्रुकले बदलेको ग्रामीण महिलाको जीवनस्तर
कोलम्बियालाई पेनाल्टी सुटआउटमा हराउँदै स्विट्जरल्यान्ड ७२ वर्षपछि क्वार्टरफाइनलमा प्रवेश
धरान औद्योगिक क्षेत्रमा पाँच नयाँ उद्योग थपिए