
काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले हाल कायम संस्थापक सेयरधनीहरुले मात्रै खरिद गर्न पाउने गरि मनोज बस्नेतको नाममा रहेको उक्त सेयर बिक्रीमा राखेको हो ।
उक्त सेयर खरिद गर्न चाहाने सेयरधनीहरुले सूचना प्रकाशीत भएको मितिले ३५ दिन भित्र आवेदन दिनु पर्ने कम्पनीले जनाएको छ । आवश्यक कागजात प्रमाण संलग्न गरी वित्तीय संस्थाको कर्पोरेट कार्यालय महालक्ष्मी –०४, ललितपुर वा सेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड काठमाडौं–१, नागपोखरी नक्सालमा आफूले खरिद गर्ने सेयर कित्ता संख्याको व्यहोरा खुलाई निवेदन दिनुपर्ने छ ।
संस्थापक सेयर खरिद गरी लिने सम्बन्धमा तोकिएको उक्त म्याद भित्र हाल कायम संस्थापक सेयरधनीबाट निवेदन पेश हुन नआएमा प्रचलित नियमानुसार संस्थापक सेयरधनी बाहेकका अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्रीका लागि आवश्यक कारवाही अघि बढाइने कम्पनीले जनाएको छ ।













समाचार
चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
विश्व अण्डा दिवस : नेपालमा वार्षिक प्रतिव्यक्ति ६९ अण्डा खपत हुँदै
चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल
भेडाच्याङ्ग्रा बिक्री गर्न एक महिना बढी पैदल यात्रा, किसानलाई बजारकै चिन्ता
साता दिनमा झिनो अंकले बढ्यो नेप्से, औषत कारोबार औषतमा ३ अर्बमा सिमित
साता दिनमा ९०० रुपैयाँले बढ्यो सुनको मूल्य, तोलाको कति ?
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
यस्तो छ शनिबारको मौसम
शनिबारको विनिमयदर : कुन देशको सटहीदर कति ?
मन्त्री मेहताद्वारा ट्रमा सेन्टरको निरीक्षण