
काठमाडौं । इथियोपियाको अमहारा क्षेत्रमा भारी वर्षाका कारण धार्मिक अनुष्ठान भइरहेका बेला पहिरो जाँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। घटनामा सात जना घाइते भएका छन् भने कैयौँ मानिस अझै बेपत्ता रहेको बताइएको छ। उद्धार तथा राहत अभियान जारी छ।
धार्मिक अनुष्ठानका क्रममा पहिरो
यो घटना त्सादकाने देब्रे मिटमाक सेन्ट मेरी मठमा भएको हो। त्यहाँ सयौँ श्रद्धालु पवित्र जलबाट शुद्धीकरण गर्ने धार्मिक अनुष्ठानमा सहभागी हुन पुगेका थिए। उक्त अनुष्ठान लामो समयदेखि विभिन्न रोगबाट राहत र आध्यात्मिक उपचारसँग जोडिएको धार्मिक विश्वासका रूपमा गरिँदै आएको बताइएको छ।
कैयौँ मानिस अझै भग्नावशेषमा फसेको आशंका
डायोसिसका महाप्रबन्धक मेगाबे हादिस नेका तिबेब अबाबूका अनुसार घटना बिहान करिब ७ बजे भएको थियो। उनका अनुसार मृतकमध्ये ११ जनाको अन्त्येष्टि मठ परिसरमै गरिएको छ भने अन्य मृतकका शव उनीहरूको गृह नगर पठाइएको छ। केही शवको पहिचान गर्नसमेत कठिन भइरहेको उनले बताए। उनले अझै कैयौँ मानिस पहिरोको भग्नावशेषमा पुरिएको आशंका रहेको जानकारी दिए।
राहत तथा उद्धार अभियान जारी
गम्भीर घाइतेहरूलाई नर्थ शेवा प्रशासनिक क्षेत्रको राजधानी देब्रे बिरहानस्थित अस्पतालमा भर्ना गरिएको छ। स्थानीय प्रशासनका अनुसार विपद् व्यवस्थापन विभागको विशेषज्ञ टोली घटनास्थलमा पुगेर राहत तथा उद्धार कार्यमा जुटेको छ। उद्धारकर्मीहरूले भग्नावशेष हटाएर बेपत्ता मानिसहरूको खोजी गरिरहेका छन्।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम