
काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडको नाफामा उच्च वृद्धि देखिएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफामा उच्च वृद्धि देखिएको हो ।
कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष कम्पनीको विद्युत बिक्री आम्दानी, खुद नाफा तथा प्रतिसेयर आम्दानीमा उल्लेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ३१ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ४१५.८० प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ६ करोड १८ लाख रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी २० करोड ४७ लाख रुपैयाँबाट २८८.२६ प्रतिशतले बढेर ७९ करोड ४९ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, कम्पनीको कुल आम्दानी ७९ करोड २९ लाख रुपैयाँबाट बढेर ७९ करोड ४९ लाख रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन नाफा ७३ करोड ३२ लाख रुपैयाँबाट बढेर ६९ करोड ५ लाख रुपैयाँ कायम भएको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको चुक्ता पूँजी १ अर्ब ३६ करोड ३६ लाख रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोष ५३ करोड ९३ लाख रुपैयाँबाट बढेर ८५ करोड ७४ लाख रुपैयाँ पुगेको छ भने कुल सम्पत्ति ४ अर्ब ७१ करोड ८९ लाख रुपैयाँबाट बढेर ५ अर्ब २३ करोड ७८ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ३६ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ ८८ पैसा रहेको छ ।













समाचार
गरिबी उन्मूलनका लागि बहुआयामिक दृष्टिकोण आवश्यक : परराष्ट्र सचिव राई
अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित
निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक
बाढीपछिको पुनः स्थापना र पुनर्निर्माणका लागि अमेरिकाले थप ३१ मिलियन डलर सहयोग गर्ने
नेपाल र ग्रेनाडाबिच कूटनीतिक सम्बन्ध स्थापना
आज संसद बैठक बस्दै, के-के छन् कार्यसूची ?
फ्लाई दुबईले आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्ने
आज देशैभर कांग्रेसको पालिका अधिवेशन
देशभर दोहोरो वायुको प्रभाव, चार प्रदेशमा भारी वर्षाको सम्भावना
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर