
काठमाडौं । स्टक ब्रोकर एसोसिएसनको आगामी निर्वाचनमा अध्यक्ष पदका लागि सन सेक्युरिटिज (ब्रोकर नं. ६४) का कार्यकारी अध्यक्ष एवं प्रतिष्ठित सेयर बजार विज्ञ कृष्ण गिरीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । वर्तमान अध्यक्ष सागर ढकालको २ वर्षे कार्यकाल समाप्त हुन लागेसँगै एसोसिएसन भित्र नयाँ नेतृत्वको सरगर्मी तीव्र रूपमा बढेको हो ।
नेपालको पूँजी बजारलाई अझ प्रविधिमैत्री, पारदर्शी र आधुनिक बनाउनका लागि अन्य सम्पूर्ण ब्रोकरहरूले युवा र गतिशील सोच बोकेका गिरीलाई “जेन्जी“ उम्मेदवारको रूपमा सर्वसम्मत र बलियो रूपमा अगाडि बढाएका हुन् ।
नीति–निर्माण तहमा लामो अनुभव सम्हाल्नुभएका उम्मेदवार गिरीले आफ्नो क्लोज सर्कल र सरोकारवालाहरूसँग बजार सुधारका एजेन्डाहरूमाथि अन्तक्र्रिया र छलफललाई निकै तीव्रता दिनुभएको छ। नेपाल स्टक एक्सचेञ्ज र धितोपत्र बोर्डसँग समन्वय गरी ब्रोकरहरूको व्यवसायिक हकहित र आम लगानीकर्ताको सुरक्षालाई सुनिश्चित गर्नु उनको मुख्य लक्ष्य रहनेछ ।
बजारको आधुनिक रूपान्तरण र समस्त लगानीकर्ताको हितका लागि समर्पित कृष्ण गिरीको यो चुनावी यात्राप्रति सन सेक्युरिटिज परिवार हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछ ।













समाचार
एनएमएको पर्वतीय पथप्रदर्शक प्रशिक्षणका ३५ जनाले चढे दङ्गा पिक
घुम्ती गोठमा रमाएका टीकाजीत
अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल
आर्थिक उन्नयनमा वन : तनहुँमा १७ करोड २३ लाखको कारोबार
जैविक विविधतासहितको सिमसार सोती अतिक्रमणको चपेटामा
पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
नबिल म्युचुअल फण्डका दुई फण्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन
नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै
शीतभण्डार आयोजना अलपत्र,किसानको जग्गा सात वर्षदेखि उपयोगविहीन
पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल