
काठमाडौं । ब्राजिलका विंगर भिनिसियस जुनियरले स्पेनिस क्लब रियल म्याड्रिडसँग नयाँ ६ वर्षे सम्झौता गरेका छन् । योसँगै उनी अब सन् २०३२ जुन ३० सम्म सान्टियागो बेर्नाबेउमै रहने भएका छन्।
२६ वर्षीय भिनिसियसको अघिल्लो सम्झौताको अवधि सकिन अब एक वर्ष मात्र बाँकी थियो । पछिल्ला केही सातामा आर्सनलले उनलाई भित्र्याउने चासो देखाएको चर्चा चले पनि अन्ततः उनले रियलमै रहने निर्णय गरेका हुन्।
सम्झौतापछि भिनिसियसले इन्स्टाग्राममा लेखेका छन्, ’बेर्नाबेउमा बिताएका ८ वर्ष निकै छोटो लाग्यो । अब थप ६ वर्ष, त्यसपछि सधैंका लागि ।’ रियलले पनि विज्ञप्तिमार्फत भिनिसियसलाई क्लबको इतिहासकै सबैभन्दा सफल युगका महत्वपूर्ण खेलाडीमध्ये एक भएको जनाएको छ ।
नयाँ सम्झौताका लागि दुवै पक्षबीच लामो समयदेखि वार्ता चलिरहेको थियो। केही समय वार्ता रोकिएको भए पनि बुधबार रियलले नयाँ प्रस्ताव राखेपछि सहमति भएको बताइएको छ।
भिनिसियस सन् २०१८ मा ब्राजिलियन क्लब फ्लामेङ्गोबाट रियल पुगेका थिए। त्यसयता उनले सबै प्रतियोगितामा ३ सय ७५ खेलमा १ सय २८ गोल गरेका छन्। ब्राजिलका लागि उनले ५४ खेलमा १३ गोल गरेका छन्।
रियलबाट उनले २ पटक यूईएफए च्याम्पियन्स लिग, ३ पटक ला लिगा तथा १ पटक कोपा डेल रेको उपाधि जितिसकेका छन्। भिनिसियसले रियलको प्रस्ताव अस्वीकार गरेको भए आर्सनलले उनलाई अनुबन्ध गर्न थप प्रयास गर्ने तयारी गरेको बताइएको थियो । नयाँ सम्झौतासँगै त्यो सम्भावना समाप्त भएको छ ।
यही दिन रियलले आरबी लाइपजिगबाट आइभरी कोस्टका विंगर यान डियोमान्डेलाई अधिकतम १ सय ४० मिलियन युरो बराबरको सम्झौतामा अनुबन्ध गरेको घोषणा पनि गरेको छ । नयाँ मुख्य प्रशिक्षक जोसे मोरिन्होको नेतृत्वमा डियोमान्डे रियलको यो सिजनका छैटौं नयाँ खेलाडी हुन्। यसअघि क्लबले बर्नार्डो सिल्भा, इब्राहिमा कोनाते, डेन्जेल डुम्फ्रिज, मार्क कुकुरेला र कार्लोस एस्पीलाई टोलीमा भित्र्याइसकेको छ।












समाचार
सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो
ट्रम्पको नयाँ कार्यकारी आदेश: जन्मसिद्ध अमेरिकी नागरिकतामा फेरि अङ्कुश लगाउने प्रयास
मत्स्य केन्द्रद्वारा चार करोड ३८ लाख भुरा उत्पादन
बाल सुरक्षामा मेटालाई ५६७ मिलियन डलर जरिवाना
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
उपकार लघुवित्तको नाफा २५२ प्रतिशतले बढ्यो, इपीएस कति ?
माण्डु हाइड्रोपावरको १ करोड २२ लाख कित्ता सेयरको लकइन अवधि भदौमा सकिंदै
पुष्पलाल इन्भेष्टमेन्ट कम्पनीले आईपीओ निष्काशन गर्ने, बोलायो साधारणसभा
१८१ प्रतिशतले बढ्यो सपोर्ट लघुवित्तको नाफ, अन्य सूचक कस्ता ?
मनसुनको प्रभाव कायम, बाढीपहिरोको जोखिमबाट सतर्क रहन आग्रह