
काठमाडौं । शेर्पा समुदायको सांस्कृतिक पर्व ल्होसारको अवसरमा आयोजित १५औँ खुम्बू ल्होसार कप–२०२६ फुटबल प्रतियोगिताको उपाधि महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकले हात पारेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज सम्पन्न फाइनल खेलमा नाम्चे युथ क्लबलाई ४–१ गोलअन्तरले पराजित गर्दै फराकले उपाधि जितेको हो ।
नाम्चे युथ क्लब उपविजेतामा सीमित रहँदा खुम्जुङ युथ क्लबले तेस्रो स्थान सुरक्षित गर्यो । प्रतियोगिताका विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई सम्मान गरिएको थियो । समापन समारोहमा प्रमुख अतिथि सोनाम ग्याल्जेन शेर्पाले विजेता टोलीलाई ट्रफी, मेडल र प्रमाणपत्रसहित नगद रु एक लाख ५० हजार प्रदान गर्नुभयो । उपविजेता नाम्चे युथ क्लबले ट्रफी, मेडल, प्रमाणपत्र तथा नगद रु ८० हजार प्राप्त गर्यो भने तेस्रो स्थान हासिल गरेको खुम्जुङ युथ क्लबलाई ट्रफी, मेडल, प्रमाणपत्रसहित नगद रु ४० हजार प्रदान गरिएको थियो ।
कार्यक्रममा राष्ट्रिय खेलाडी प्रीति राईलाई विशेष सम्मान स्वरूप प्रमाणपत्र र नगद रु ५० हजार प्रदान गरियो । माघ २४ गते प्रतियोगिता सुरु भएको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको थियो भने १६ खेल भएका थिए । प्रतियोगितामा महेन्द्र ज्योति एक्स–स्टुडेन्ट फोरम, फराक; नाम्चे युथ क्लब; खुम्जुङ युथ क्लब; खुण्डे कम्युनिटी क्लब; ठमिछोवा फुटबल क्लब, ठामे; अमा डब्लम युथ ग्रुप, पाङ्बोचे; खुम्बू याम्बु शेर्पा समाज र खुम्बु युनाइटेड सहभागी भएका थिए । विगत १८ वर्षदेखि आयोजना हुँदै आएको यो प्रतियोगितामा सोलुखुम्बूको खुम्बु पासाङ ल्हामु गाउँपालिकामा जन्मिएर हाल काठमाडौँमा बसोबास गरिरहेका युवाहरूले सहभागिता जनाउँदै आएका छन् । यस वर्षको १५औँ संस्करणको आयोजना महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकले गरेको हो । प्रतियोगिताको मुख्य प्रायोजक १४ पिक्स एक्सपेडिसन प्रालि रहेको थियो भने सह–प्रायोजक हेली एभरेष्ट प्रालि तथा खुम्बू पासाङ ल्हामु गाउँपालिका रहेका थिए ।













समाचार
पोखरा र समृद्धि फाइनान्सको एकीकृत कारोबार आजदेखि
बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमित
वर्षामा बिपी राजमार्ग अवरुद्ध भए आधा घण्टामै खुलाइने
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
भुजुङ हाईड्रोपावरको ५० हजार कित्ता सेयरको लक–इन अवधि साउनमा समाप्त हुने
रिलायबल नेपाल लाइफको करिब पौने ४ लाख सेयरको लकइन अवधि साउनमा सकिदै
हिमालयन लाइफको व्यतित बीमालेखको बिलम्ब शुल्कमा ५० प्रतिशत छुट
सोपान मल्टिपल कम्पनीको जगेडा सेयर बिक्री समय थप
सूर्योदय वोमी लघुवित्तको ३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने