काठमाडौँ । कोशी प्रदेश लगानी प्राधिकरण र काठमाडौं पोडवे कम्पनी प्रालिबीच नेपालमा आधुनिक पोडवे सार्वजनिक यातायात प्रणाली निर्माणसम्बन्धी औपचारिक सम्झौतापत्रमा शुक्रबार हस्ताक्षर भएको छ। सम्झौतापत्रमा काठमाडौं पोडवे कम्पनीका उपाध्यक्ष निल भट्टराई र कोशी प्रदेश लगानी प्राधिकरणका कार्यकारी प्रमुख सरोज कोइरालाले हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार निजी क्षेत्रको लगानीमा पहिलो चरणमा रानी भन्सारदेखि विराटनगर बसपार्कसम्म करिब सात किलोमिटर दूरीमा नमूना पोडवे निर्माण गरिनेछ। दोस्रो चरणमा उक्त सेवा पर्यटकीय गन्तव्य भेडेटारसम्म विस्तार गर्ने दीर्घकालीन योजना रहेको छ।
परियोजना राष्ट्रिय यातायात नीति तथा सम्बन्धित कानुनी व्यवस्थाअनुसार निर्माण हुने जनाइएको छ। पोडवे प्रणाली कृत्रिम बुद्धिमत्ता (एआई) र अत्याधुनिक प्रविधिमा आधारित हुने तथा सुरक्षित, द्रुत र वातावरणमैत्री सार्वजनिक यातायात सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ।
परियोजनाले सडकको सवारी चाप र प्रदूषण न्यूनीकरण गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।कम्पनीका उपाध्यक्ष भट्टराईले नेपालमा निजी क्षेत्रको लगानीमा यति ठूलो र अत्याधुनिक सार्वजनिक यातायात पूर्वाधार निर्माण हुनु देशका लागि महत्वपूर्ण उपलब्धि र सम्भावनाको संकेत भएको बताए।
उनका अनुसार यो सम्झौतासँगै नेपालमा विश्वस्तरीय आधुनिक सार्वजनिक यातायात प्रविधि भित्र्याउने र यातायात पूर्वाधार विस्तार गर्ने दिशामा नयाँ अध्याय सुरु भएको छ।














समाचार
गरिबी उन्मूलनका लागि बहुआयामिक दृष्टिकोण आवश्यक : परराष्ट्र सचिव राई
अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित
निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक
बाढीपछिको पुनः स्थापना र पुनर्निर्माणका लागि अमेरिकाले थप ३१ मिलियन डलर सहयोग गर्ने
नेपाल र ग्रेनाडाबिच कूटनीतिक सम्बन्ध स्थापना
आज संसद बैठक बस्दै, के-के छन् कार्यसूची ?
फ्लाई दुबईले आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्ने
आज देशैभर कांग्रेसको पालिका अधिवेशन
देशभर दोहोरो वायुको प्रभाव, चार प्रदेशमा भारी वर्षाको सम्भावना
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर